Posted by: no_quiero January 23, 2009
Login in to Rate this Post:
0
?
La la Maaf gari diye talai. Akhir Hami pani Buddha kai santaan ho. Mafi magne lai maaf gari dinchau.
माफी मागे ´चाँदनी चोक टु चाइना´ का निर्माताले
माफी मागे ´चाँदनी चोक टु चाइना´ का निर्माताले
काठमाडौं, माघ १० (दैनिकी)– नेपाल सरकारले प्रतिबन्ध लगाएको भोलीपल्ट बलिउड फिल्म ´चाँदनी चोक टु चाइना´ का निर्माताले नेपाली दर्शकसँग माफी मागेका छन्। ´गौतम बुद्ध भारतमा जन्मिएका´ भन्ने गलत भनाइ फिल्ममा राखिएको विरोधमा नेपालमा विद्यार्थी र चलचित्रकर्मीले विरोध गरेपछि बुधबार सरकारले देशभर यो फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो। विहिबार यो फिल्मका निर्माता रोहन सिप्पीले ´गल्ती´ ले फिल्ममा यस्तो संवाद पर्न गएको बताएका छन्। ´गलत तथ्य पेश गर्ने वा कसैको पनि भावनामा ठेस पुर्याउने हाम्रो उद्देश्य होइन, यो गल्तीका प्रति म माफी माग्दछु´ उनले भनेका छन्। बलिउड फिल्मसम्बन्धी वेबसाइट इन्डियाएफएमका अनुसार ´हाम्रो गल्तीका कारण नेपालका दर्शकको भावनामा पर्न गएको आहतका लागि क्षमायाचना गर्दछु´ सिप्पीले भनेका छन्। सिप्पी र हलिउडको वार्नर व्रदर्शको लगानीमा बनेको यो फिल्म गएको शुक्रबारदेखि प्रदर्शनमा आएको थियो। |