Posted by: lopchanlama January 23, 2009
म भोट हाल्न चाहन्न
Login in to Rate this Post:     0       ?        

शिकार्,शिकारी चारो


 


चारो-जनता


 


हाडिमा भुट्यो राणाले


पञ्चायतले ताप्केमा सुकायो


डिंकीमा राखी


कङ्रेसले कुट्यो


एमालेले चलायो


जातोमा राखी


माओबादिले पिठो बनायो।


 


शिकार-देश


 


रगत चुस्यो राणाले


पञ्चायतले लंगडो बनायो


कङ्रेस, एमालेले छप्कायो


भाग-भन्डा गरी


मस्त तेलमा भुटेर भतेर मनायो


जंगल थर्कायो


शहर पड्कायो


माओबादिले


छला हड्डीको सुप बनायो


 


शिकारी-नेता


 


तिर हान्यो राणाले


पञ्चायतले छुरी चलायो


कङ्रेस, एमालेले


तरबार्,खुकुरी, खुडा हल्लायो


डाँडामा बसी माओबादिले


बम पड्कायो,गोली चलायो।


 


सारांश:-


एका देशमा


नेपाल भन्ने देश थियो


भ्रस्ट नेता भन्ने जन्तुले


अस्तु बनाएर


गंगामा बगायो

Read Full Discussion Thread for this article