Posted by: hos_prasad January 21, 2009
Too Many Leaders in Nepal
Login in to Rate this Post:     0       ?        
हो यो कुरा सत्य हो। नेपाल मा पनि दुई वटा पार्टी मात्रै भये हुन्छ। यसो बिचार  गरौ त १० बर्ष म हाम्रो देश जहाँ को त्यही छ तर राजनीति पार्टी भने च्यौ उम्रेको जसरी उम्रेको उम्रेकै छन। नेपाल मा त देश बलियो बनाउने भन्दा पार्टी बलियो बनाउने तर्फ लागेको देखिन्छ। उदाहरण को लागि माओवादी कै कुरा गरौन। पार्टी बिस्तार को लागि ४-५ दीन खर्छ गर्छन् तर त्यती कै समय देश को समस्या को लागि दिने हो भने धेरै क्षेत्र को समस्या समाधान हुन्थ्यो। नेपाल को मुख्य समस्या जनता हुन। जनता नसुध्रे नेता हरु सुध्रिदैनन र नेता नसुध्रे राजनिती पार्टी पनि सुध्रिदैनन। अब हामी यहाँ अमेरिकामा बसेर नेपाल को लागि के नै गर्न सक्छौ त। भिर बाट लध्न लागेको गोरु लाई राम राम भन्न सकिन्छ काध नै थाप्न सकिदैन।

जय होस् प्रसाद
Read Full Discussion Thread for this article