Posted by: BKMailo January 19, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        
न्याय खोज्न आएकी गर्भवती प्रहरी नियन्त्रणमा

विराटनगर, ५ माघ- न्याय खोज्दै आएकी ब्याडमिन्टन खेलाडी समिता राई प्रहरी हिरासतमा परेकी छन् ।

मानवीय
नाताले दुई महिनादेखि संरक्षण दिँदै आएका फुलचन्द्र राईले प्रहरी
व्यवहारका कारण गर्भवती ती महिलालाई नबुझिदिएपछि उनी दुई दिनदेखि जिल्ला
प्रहरी कार्यालय, मोरङमा छिन् । 

जिल्ला
प्रहरी भोजपुरमा दरबन्दी भएका सई सम्पतलाल चौधरीले विवाह गरी सात महिना
सँगै राखेर बेपत्ता भएपछि बिचल्लीमा परेकी राई विराटनगरस्थित चौधरीको घरमा
प्रवेश गर्न आउदा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

'मलाई
बिहे भएको छैन भनेर फागुनमा बिहे गरे,' भोजपुरकी राईले भनिन्, 'बिहेपछि
उहाँको पहिले नै बिहे भइसकेको थाहा पाएँ ।' चौधरीकी पहिलाकी श्रीमती असई
छिन् । आफूलाई वैशाखदेखि धरानमा राखेर श्रीमान्ले

भोजपुरमै जागिर खाएको उल्लेख गर्दै उनले असोजदेखि आफूबाट बेपत्ता भएको बताइन् ।

'धरानमा
राखेका बेला श्रीमान् र जेठी श्रीमती मलाई भेट्न आएका थिए, मुद्दा छोडिदे,
तँलाई ५० हजार दिन्छौं भने,' उद्धृत भनाइमा उनले भनिन्, 'मेरो यो अवस्था
छ, छोडदन भनेपछि श्रीमान्लाई वेपत्ता बनाइयो ।' उनको आठ महिनाको गर्भ छ ।
श्रीमान्ले छोडेपछि सडकमा बेसहारा उनलाई मानवीय आधारले फूलचन्द्र राईले
दुई महिनादेखि धरानमा राखिदिएका थिए ।

'श्रीमान्,
जेठी र कान्छी एक-आपसमा भेटघाट गरेकाले श्रीमान् बेपत्ता भए पनि हामीले घर
भित्र्याउन खोजेको हो,' प्रहरीले आइतबार बुझ्न बोलाएको उल्लेख गर्दै राईले
भने, 'न्याय खोज्न गएको व्यक्तिलाई उल्टै प्रहरीले हिरासतमा लिएपछि म
बुझ्न गइन ।'

प्रहरी
तर्फबाट ब्याडमिन्टन खेल्न जाने क्रममा १८ वषर्ीया समिता र चौधरीको भेटघाट
भई मायाप्रेम भएको थियो । १८ वर्ष पुगेपछि प्रहरीमै प्रवेश गराउने सर्तमा

आफू
मेचीदेखि माहाकालीसम्म प्रतियोगितामा भाग लिन गएको स्मरण गर्दै उनले
भनिन्, 'तर श्रीमान्ले गर्दा न मैले एसएलसी दिन पाएँ न त पेसा गर्न नै ।'
प्रहरीले भने उनलाई सुरक्षाका लागि कार्यालयमा राखेको बताएको छ ।

Source : http://kantipuronline.com/kolnepalinews.php?&nid=176139

Read Full Discussion Thread for this article