Posted by: no_quiero January 18, 2009
HATE MAIOST BUT AT LEAST THEY SAVE US FROM PARAS
Login in to Rate this Post:     0       ?        
We also want maoist to rule.........but only if they abide by the law..........Only if they punish the culprit.  The recent killing of UMA Singh the main suspect are maoist.

Here is the funny statement by Prachanda recently. He said something like this.  " I know Uma Singh wrote something against Maoist. It is true that Uma singh borther and Father was abducted by maoist in the past and it is also true that maoist looted money from them. But please don't relate killing of Uma singh with maoist. These are completely different case"..........hahaha he is saying as if killing is bad but abducting, beating and looting is all right.
Any consious mind wills say when somebody has past like this the maoist itself becomes suspect.  So why is he saying not to make maoist as the suspect.

Congress and UML were bad, maoist are the worst. We have seen how gunda operate from the top level.

कलङ्कबाट जोगिन त सरकारले हत्यारा पत्ता लगाएर न्यायालयमा पुर्‍याउनुपर्छ।
From Dainikee.com



उमाको हत्याले सिङ्गो
सञ्चारजगत् हल्लियो भन्नु अतिशयोक्ति नहोला। सबैका लागि एउटा त्रासद
दु:स्वप्न हुनपुग्यो यो घटना। हत्यारा पत्ता लगाउन सरकारलाई पत्रकार
महासंघको अगुवाइमा दबाव पनि सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले
आफैं अग्रसर भएर दोषीमाथि कारबाही गर्ने वाचा पनि गरेछन्। उनले पत्रकार
महासंघका पदाधिकारीसँग थप भनेछन् - घटनालाई पुराना कुरासँग जोडेर
नहेर्नुहोला। यो उनको आग्रह, आदेश वा धम्की के थियो भेटघाटमा सामेल हुनेले
बताएका छैनन्। तैपनि घटनाको प्रकृतिले दाहालको भनाइलाई पूरै पत्याउने
ठाउँचाहिं दिएको छैन।

उमा
सिंहका बाबु र दाजुलाई माओवादीले अपहरण गरेर बेपत्ता पारेका रहेछन्। उमाको
पारिवारिक सम्पत्ति पनि माओवादीले लुटेका रहेछन्। हक्की स्वभावकी उमामा
माओवादीप्रति कटुता हुनु अस्वाभाविक होइन। आफन्त मारिएकाको मनमा के हुन्छ
भन्ने त्यस्तै भोगेकालाई थाहा हुन्छ। उनले माओवादीका दबंग नेता मातृका
यादवको ज्यादतीका विरुद्ध पत्रपत्रिकामा लेखेकी पनि रहिछन्। अनि उमा
मारिइन्। यस अवस्थामा त घटना पुराना कुरासँग आफैं जोडिन्छ । कसैले
जोडिरहनै पर्दैन।

उमाको
हत्यालाई राजनीतिक रङ्ग दिनु हुँदैन। यसमा सिङ्गो माओवादी पार्टीलाई
मुछ्नु पनि उचित नहोला । तर अपराधीलाई माओवादीले राजनीतिक संरक्षण पनि
दिनु हुन्न नि। अपराधीलाई जोगाउने, लुकाउने अनि ´हामीलाई नमुछ´ भन्ने?
त्योचाहिं मिल्दैन।

प्रधानमन्त्री
दाहालका कुरा सुनेपछि माओवादीलाई शंकाको सुविधा दिउँ जस्तो लाग्यो। तर
परिबन्दले शंकाको सुई उतै फर्काइरहेको छ। नयाँ शिक्षा लागू हुनुभन्दा
पहिले एसएलसीको पाठ्यक्रममा पुष्कर शमशेरको कथा ´परिबन्द´ पनि पढ्नु
पर्थ्यो। दाहालजीलाई पनि सम्झना हुनुपर्छ। कसरी रनेमाथि हत्याको शंका
गर्ने परिबन्द मिलेको थियो। उमाको परिवारलाई शत्रुवत् व्यवहार गर्ने
माओवादीका स्थानीय नेता र कार्यकर्तामाथि उनको हत्याको पनि आरोप लाग्नु
अस्वाभाविक हो र? राजनीतिक रङ्ग पटक्कै नदिई अपराधको अनुसन्धान गर्ने हो
भने प्रहरीले सबैभन्दा पहिलो शंका त उमाका बाबु र दाजुलाई बेपत्ता
पार्नेमाथि नै गर्नुपर्ने हुन्छ। अनुसन्धान न माओवादीमा मात्र केन्द्रित र
सीमित गर्नु उचित हुन्छ न उनीहरूलाई शंकाको घेराबाट बाहिर राख्नु नै जायज
हुन्छ। तैपनि अपराध शास्त्रअनुसार त उमाको हत्यामा मुख्य शंका उनका बाबु र
दाजुका अपहरणकारीमाथि जान्छ नै।

उमाले
बाबु र दाजुको हत्याको मुद्दामा किटानी जाहेरी दिएकी रहिछन्। ज्यान
मुद्दामा किटानी जाहेरी परेपछि आरोपीहरूसँग सोधपुछ त हुनैपर्ने हो नि।
कर्तव्य ज्यान सरकारवादी मुद्दा हो। यसैले मुद्दा अगाडि बढाउने दायित्त्व
पनि सरकारको हो। प्रहरीले उमाको किटानी जाहेरीमा के कारबाही गर्‍यो त?
जाहेरीमा परेका व्यक्तिहरू माओवादी कार्यकर्ता हुन् कि हैनन्? यो मुद्दा
अदालत पुर्‍याइयो कि पुर्‍याइएन? यस्ता थुप्रै प्रश्नहरू छन् जसको उत्तर
सरकारले दिनुपर्छ भने मानव अधिकारकर्मी र पत्रकारले खोज्नु खोतल्नुपर्छ।







 कति
आतङ्क रहेछ तपाईको पार्टीको एउटी असहाय विधवाको छोरी मारिंदा पनि
गाउँलेहरू आँसु पुछ्न जान सक्ता रहेनछन्। सिरहाबाट जनकपुर उनी एक्लै
आइछन्। तपाईँलाई लाग्दो हो ती निमुखा गाउँलेहरू सबै तपाईँका समर्थक भएकाले
´वर्गशत्रु´ को दु:खमा रमाएका होलान्। होइन महाशय! ती त आतङ्का कारण
जिउँदै मरेसरह भएका हुन्।


सञ्चारकर्मीहरूमा
व्याप्त एक प्रकारको त्रास र आक्रोशका कारणले पनि घटनामा माओवादीलाई
मुछिहाल्न नहुने नै देखिन्छ। यो घटना माओवादीको नभएर अपराधी गिरोहको
कर्तुत साबित भयो भने सञ्चार जगतमा व्याप्त आतङ्क केही मात्रामा कम हुनेछ।
यसैले पनि घटनालाई राजनीतिक रङ्ग दिनु उचित हुँदैन। तर पत्रकारले लेख्दैमा
वा नलेख्दैमा माओवादी शंका मुक्त हुन्छ भन्ने ठान्नु हुँदैन। भरपर्दो
अनुसन्धान गरेर अपराधी पक्रन नसकुन्जेल माओवादी पनि शंका मुक्त हुँदैन।
प्रधानमन्त्री दाहालले पत्रकारलाई अनुरोध गरेजस्तै अपराध अनुसन्धानका
जिम्मेवार व्यक्तिहरूलाई पनि तताउनु पर्‍यो। अनिमात्र उनका कुरामा विश्वास
गर्न सकिएला।

प्रधानमन्त्री
दाहालले घटनामा माओवादी संलग्न नभएको भन्दै सफाइ दिने र पछि दोषीलाई
कारबाही गर्ने कबुल गर्ने अनि अपराधीलाई उनका मन्त्री र पार्टीका नेताले
संरक्षण दिने गरेका उदाहरण धेरै नै छन्। रामहरि प्रकरणमा होस् वा
स्युचाटारका युवकहरूको हत्यामा पहिले माओवादीको संलग्नता ठाडै अस्वीकार
गरिएको थियो। पछि अपराधीलाई कारबाही गर्ने वचन दाहालले दिएका थिए। तर
कारबाही त भएन। घादिङमा मारिएका स्युचाटारका तन्देरीलाई मलेखुबाट अपहरण
गर्नेमाथि के कारबाही भयो? प्रहरीले मुद्दा दायर गर्‍यो कि गरेन? विवेकको
खुट्टा काट्नेका विरुद्ध के कारबाही भयो? ज्यान मार्ने उद्योगमा मुद्दा
दायर गरियो कि गरिएन? मुद्दा सरकारवादी हुने हुनाले प्रहरीले आफ‍ैं पनि
अनुसन्धानमा अग्रसरता देखाउनु पर्ने हो? देखाएको छ त? सम्बद्ध पक्षले
प्रहरीले अनुसन्धान गरेको छ भनेर पत्याएको छ? अरूका कुरा किन गर्ने के
गृहमन्त्री वामदेव गौतमलाई आफ्नै पार्टीका कार्यकर्ताको ज्यान लिनेमाथि
कारबाही भएको लागेको छ?

प्रधानमन्त्रीजी,
तपाईँ निकै भावुक हुनुहुन्छ भन्ने सुनिएको छ। उमा हाम्रो सन्तानकी दौंतरी
अर्थात् छोराछोरीकी उमेरकी रहिछन्। उनकी आमाको अवस्था त हामी पुरुषले
कल्पना पनि गर्न सक्तैनौ। तैपनि उनका ठाउँमा आफूलाई राखेर एक छिन सोच्नुस्
त। तपाईँ विज्ञानको विद्यार्थी, त्यसमा पनि मार्कसवादी कम्युनिस्ट,
आद्यात्मिक त हुनुहुन्न होला तर हृदय छ नि हैन? तपाईँको मनले के भन्छ? आखा
रसाउँदैन उमाकी आमाको बिलौनामा?  कति आतङ्क रहेछ तपाईको पार्टीको एउटी
असहाय विधवाको छोरी मारिंदा पनि गाउँलेहरू आँसु पुछ्न जान सक्ता रहेनछन्।
सिरहाबाट जनकपुर उनी एक्लै आइछन्। तपाईँलाई लाग्दो हो ती निमुखा गाउँलेहरू
सबै तपाईँका समर्थक भएकाले ´वर्गशत्रु´ को दु:खमा रमाएका होलान्। होइन
महाशय! ती त आतङ्का कारण जिउँदै मरेसरह भएका हुन्।

जेहोस्,
उमालाई अब कसैले कुनै पनी मूल्यमा बिउँताउन  सक्तैन। सरकारले सहिद घोषणा
गर्नु र नगर्नुको कुनै अर्थ छैन। उमाका प्रति सहानुभूति र कर्तव्यको ख्याल
छ भने, इतिहासलाई उत्तर दिनुपर्छ भन्ने ठान्ने हो भने सके उनका बाबु र
दाजुका हत्यारामाथि पनि कारबाही गर्नुस्। नभए उमाको हत्यारा पत्ता
लगाउनुस् र न्यायालयमा उभ्याउनुस्। नत्र इतिहास नबन्दै कठघरामा आफैं
उभिनुपर्ने दिन आउन सक्छ। विज्ञेषु किमधिकम्?

Read Full Discussion Thread for this article