Posted by: CT. January 13, 2009
pashupati ko nepali priest
Login in to Rate this Post:     0       ?        

नेपाली भनेर अन्धराष्ट्रबादी बनेर समर्थन गर्ने भए बेग्लै तर यो वृतान्त पढेपछि म मा उनि (याने कि पण्डित विष्णु) प्रति रहेको अलि अलि सहानुभुति पनि रद्द भएर गयो । सबभन्दा पहिला ६-७ पुश्ता पन्डित भएको घरमा जन्मेर पनि जन्म मिति नै गोलमाल हुनुले नै उनीहरुको पुस्तैनि पण्डित्याइ खोक्रो रहेछ भन्ने जनाउँछ, त्यसो नभए पनि जन्म मिती ढाटेको वा कुनै कारणबश फर्जि बनाएको जस्तो छ ।


भारतीय पुजारी, त्यो पनि एउटा गाँउको एकै खलको मात्रै हुनु पर्ने भन्ने नियम कुन आधारमा बनाइएको हो त्यो थाहा नलागि यस्तो नियमको समर्थन वा विरोध गर्नु मलाइ मन लाग्दैन । कुन कुन कारणले गर्दा परम्परागत द्यो ब्रम्हु (अर्थात हालका राजोपाध्याय) र पो (अर्थात हालका पोडे)हरुको पुर्खौलि पुजारी बन्ने हक छिनेर दक्षिण भारतीय भट्टहरुलाइ स्थापित गरे, अनि भट्ट बन्न आएका दक्षिण भारतीयहरुलाइ नेपाल मण्डलमा स्थायी बसोबास गर्ने अधिकार प्रदान किन गरिएन, यो कुरा खोजको विषय हो जसमा मेरो ठोस विचार हाललाइ छैन ।


तर पशुपतिको पुजारी बन्न जतिसुकै मेहनति वा मेधावि भएपनि मात्र १५ दिन अध्ययन गरेर योग्य बनिन्छ भन्ने मलाइ कदापि लाग्दैन । न त पशुपतिको पुजाविधि तथा तन्त्रमन्त्रहरु कितावहरुमा छापिएको छ भन्ने नै लाग्छ । ती कितावमा छापिएका तन्त्र पढेर हालका भट्टहरु भट्ट बनेका हुन त ? तपाइ त अझ बौद्ध धर्म सम्बन्धि शोध गरेर पिएचडि गरेको मान्छेलाइ यी कुराहरु अध्ययन गर्न झनै बढी समय लाग्छ होला । यी कुरा ले चै अदालत ले राम्रै फैसला गरेछ भन्ने लाग्यो !


अर्को चित्त नबुझेको कुरा, यी पण्डित बिष्णुले शाक्य सामु अन्तरबार्ता दिएको र उहालाई चित्त बुझ्यो भन्नु भो, क्या गोब्रेस्वाँठ कुरा यार यो त । के यी पिएचडि गरेका पण्डित भन्दा साधारण लेखापढी गर्ने वाइसिएल शाक्य चै पूजारी बिद्या मा निपुर्ण हो? देवाधिदेव महादेवको वासस्थान कैलाश पर्वतको काखमा रहेको करोडौ हिन्दू को आस्था केन्द्र पशुपतिमा गर्ने पुजाविधि जान्ने मान्छे नेपालमा अरु कोही नै छैनन जस्तो गरी गुप चुप तरिकाले कमिसन खाएर शाक्य जी लाई भेट गराएको जस्तो कुरो बुझियो, त्यहिकै भण्डारीहरु वा स्थानिय धार्मिक अगुवाहरुलाइ मात्रै सोध्दा पनि धेरै कुरा खुल्थ्यो होला ।


यत्रो सार्वजनिक सरोकारको कुरो जनता लाई सुसुचित गराएर धेरै जना बिच बहस गराएर सर्बसम्मत छान्दा कुन चै नेपाली ले बिरोध गरथ्यो होला ? नेपाली ले त्यती खेर नेपाली पूजारी प्रती गर्ब गर्छन जती खेर सर्बसम्मत छनिएका योग्य पूजारी ले पूजा गर्छन नकी एक जना शर्माले भेटाएर अर्को शाक्य ले टिपेर ल्याएको प्रती ?


तेसै ले तपाईंले मन दुखाउनु को कुनै तुक छैन जसरि टिपेर ल्याए त्यसरी नै फर्काए!म अदालत जान्न भन्नुको मतलब के ? अदालतले नै पूजा नगराउनु हटाउनु भनेर हटाएको मान्छे ले अदालत को घुर्की लगाउनु बेबकुफी हो बिष्णु जी!

Read Full Discussion Thread for this article