Posted by: BKMailo January 13, 2009
BHOJPUR
Login in to Rate this Post:     0       ?        

भोजपुर-चिहानडाँडा सडक सुचारु





भोजपुर,
पुस २८ - खोटाङसँग सदरमुकाम जोड्ने भोजपुर-चिहानडाँडा मोटरबाटो मर्मत
सकिएको छ । सात महिनाअघि निर्माण पूरा भएको कृषि सडक वषर्ायाममा
भत्किएकाले ग्रामीण पहुँच कार्यक्रमले मर्मत गराएको हो ।

बेलायत
सरकारको अन्तर्राष्ट्रिय विकास विभाग -डीएफआईडी) को सहयोगमा उक्त सडक ४२
किलोमिटर र टक्सार-भोजपुर ६ किलोमिटर मर्मत पूरा भएको कार्यक्रमले जनाएको
छ । यसका लागि १४ लाख ८० हजार रुपैयाँ खर्च भएको कार्यक्रमका टोली प्रमुख
तुलसीराम सापकोटाले बताए । कच्ची सडक बनेपछि मर्मतसम्भारका लागि जिविस
गठित सडक मर्मत-सम्भार समितिको सक्रियतामा सम्भव भएको हो । हिले-भोजपुर ९२
किलोमिटर कच्ची सहायक राजमार्ग निर्माणपछि सदरमुकाममा सवारी आवागमन हुने
भएको छ ।

Source: http://kantipuronline.com/kolnepalinews.php?&nid=175179

Read Full Discussion Thread for this article