Posted by: Nepe January 12, 2009
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        
http://www.mysansar.com/?p=3569


मैले खोल्न नसकेको रक्षा-कवच तिमीले खोलेर
मैले मोल्न नसकेको जोखिम तिमीले मोलेर
मैले बोल्नपर्ने कुराहरु तिमीले बोलेर

एकैचोटी मेरो वर्तमानलाई निरर्थक र
मेरो भविष्यलाई सार्थक बनाईदिएकी छ्यौ

तिमीसंग ईर्श्या गरुँ कि कृतज्ञ बनुँ ?
वा कुन मुखले क्षमा पाउँ भनुँ ?

यही ग्लानी, रिक्तता र हरणबोधको
श्रद्धाञ्जली तिमीलाई
सात समुन्द्रपारको पलायनबाट
यो भगुवाको !

Nepe
12 Jan 2009
Read Full Discussion Thread for this article