Posted by: CT. January 9, 2009
बालुवाटारमा बत्तिको ब्यबस्था
Login in to Rate this Post:     0       ?        

जुन बेला प्रचण्ड महाराज बालुवाटारमा सार्वजनिक भए, बत्तिको ब्यबस्था राम्रो भएन रे, पत्रकारहरुलाइ समाचार संकलन गर्ने ब्यबस्था पनि राम्रो भएन रे, अनि त प्रचण्ड महाराजले ब्यङ्ग्य कस्न भ्याइहाले - पुरानो सत्ताले देशको शहर गाँउ त के कुरा प्रधानमन्त्रीको निवासमा बत्तिको ब्यबस्था गर्न पनि नसक्दो रहेछ, हाम्रो नयाँ सत्तामा त्यस्तो हुँदैन, घरघरमा बत्ति झिलीमिली हुने छ । अब त नयाँ सत्ता पनि आयो, नयाँ नेपाल पनि आयो, त्यसमाथी थपेर डाडु पन्यु सबै प्रचण्ड महाराजको हात मै आयो । अनि बत्ति नि ? मात्र १६ घण्टा लोडशेडिङ - त्यो पनि घोषित रुपमा अघोषित लोडशेडिङ त २२ घण्टा हो २२ घण्टा


तर प्रचण्ड महाराजका लाज पचेका बेशरम भरौटेहरु चाहि यस्तो अवस्था हुनुमा बिगतको सरकार जिम्मेवार छ भनेर दोष थोपर्न ब्यस्त छ । पोहर परार हुने २-४ घण्टाबाट एकैचोटी २०-२२ घण्टा कसरी लोडशेडिङ भयो ? उद्योग बढ्यो भनुँ भने बाँदर वाइसियलले सप्पै बन्द गराइसके, रातबिरात डिस्को सिस्कोमा बाले भनुँ भने बामदेव गुरुले सपै झिरिप्प पारीसके । अब पहिला जे गरे नि राजालाइ दोष दिए झै अब कोशीको बाढीलाइ मात्रै कति दोष दिने ?


अनि जनताको घरमा लोडशेडिङ भए जस्तै प्रचण्ड महाराजको निवासमा लोडशेडिङ हुन्छ कि हुन्न ? महाराजको यूवराजलाइ कम्प्युटर गेम खेल्न र पोर्न मुभि हेर्न कुनै सकस परेको छ कि छैन ?

Read Full Discussion Thread for this article