Posted by: no_quiero January 6, 2009
आखिर पशुपतिनाथ मन्दिरमा यत्रो राजनीति किन ?
Login in to Rate this Post:     0       ?        
I found this somewhere.........


१। धर्म नमान्ने , गाईको मासु खाने
माओवादीहरु किन अर्काको मन्दिरमा यो पूजारी र त्यो पूजारी हुनुपर्छ भन्छन?
बिदेशी पूजारीले पूजा गर्नु हुन्न भन्ने भाते हरु तेसो भए तिमीहरु पनि
बिदेशीलाई पूजा नगरी कार्यक्रम गर, पार्टीको नाम पनि बिदेशीको नाममा नराख।
आफुचाही शब्दइ पिछ्छे मार्क्सले यस्तो भन्नुभाछ र लेनिनले यस्तो भन्नु भाछ
भन्नुपर्छ, अरुलाई चाँही बिदेशी पूजारी राख्यो रे।


२। नेपाली
पूजारी पनि भारतको रामेश्वरममा छन। तेसो भए त्यो पनि भएन कि? धर्ममा पनि
देश भन्ने? गुम्बाहरुमा भएका तिब्बेतिलाई पनि निकाल्ने हो कि? लुम्बिनिको
गुम्बा मा भएको लंकाली, जापानि लाई पनि निकाल्ने हो कि?


३।
मन्दिराको हिसाब किताब निकाल्न तेत्रो तातो भएकाले पहिले आफुले ,
वाइसिएलले उठाएको पैसाको हिसाबकिताब पनि देखाउनु नि। आफुले पैसामागेर
नरुवाएको घर छैन, बेपारी छैन, लाखौंको घडी लगाएर हिड्याछन, पलङ किन्याछन,
तेसको चाँही हिसाब देखाउनु नपर्ने? पशुपतिको आम्दानी करोडौमा हुन्छ ,
अवश्य, तर तिमी वाइसिएलको हातमा पुग्न दिनु छैन हामीलाई।


४। मुख्यकुरो आफु धर्म नमान्नेले किन अर्काको आस्थामा प्रहार गर्दै हिंड्नु पर्‍या?


५।
वर्षौंदेखी नेपालमा कामा गर्दै आएका भट्टलाई गलहत्याएर निकाल्नु हुँदैन।
जसलाई पनि इज्जतका साथ , संस्क्रितीका साथ विदावादी गर्नु पर्छ। हामीले
बोलाएर आएका भट्ट हुन, म बन्छु भनेर जबर्जस्ती आएका हैनन। हामीले आँफैले
भट्ट हुनुभन्दा पहिले उनलाई “ल हजुरलाई यती पारीतोषिक मात्र दिन्छौ” भनेको
भए मानिहाल्थे नी। ल्याउने, अनी ह्युमिलिएट गर्ने? अब राम्रो निएम कानून
बनाऔ , पूर्खादेखी गर्दै आएको कुरो पनि चलिराखोस, परम्परा रितिरिवाज
चलिराखोस, तर आर्थिक ब्यबस्थापन् पनि राम्रो होस त्यता तिर ध्यान
दिनुपर्छ।

6. जहिले नि पशुपतिनाथ लाई चढाको पैसा कई पछि लाग्ने? के तपाई आफ्नो घर मा
पूजा गर्न अको पुरेत संग दक्षिणा को लेखा जोखा माग्ने गरेको छ? अनि के
फिर्ता पनि माग्ने गरेको छ? गरेन भने पिटेर पठाउने गरेको छ? के हो यो सब?
वाहियात. अब के नेपालीहरु सबै पुरेत को दान/पैसा आदि को पछि लाग्ने? अलि
लाज सरम गर नेपाली हो! यो नया बाहुन पनि पैसा कै लालच जवजस्ति पुजारी
बनेको पक्का छ



Last edited: 06-Jan-09 04:33 AM
Read Full Discussion Thread for this article