Posted by: Morange January 6, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        

पुन्टेदमाइ,रिठे,ट्रान्स्क्रिप्सन्,mysteryman2005,filyly,कान्छा०१,सब्जेक्ट र नयाँ सडक
,तथा तमम बिराटनगरका साथी हरुलाई बधाई छ।
अब via दिल्ली र जोगबनी $५००= return बिराटनगर आउन जान सकिन्छ।लौ मोज गरौ साथी हो।


 


नेपाली यात्रु र उद्यमी व्यवसायी लाभान्वित हुने्
जोगवनी-दिल्ली रेलसेवा सुरु



विनोद भण्डारी


जोगवनी, पुस २१ - भारतले मोरङको सीमावर्ती जोगवनीबाट सोमबार दिल्ली सीधा रेल सेवा सुरु गरेको छ ।

यो सेवाले नेपाली यात्रु र उद्योगी व्यवसायी बढी लाभान्वित हुनेछन् ।

सीधा रेल सेवाअन्र्तगत जोगवनी लिंक एक्सप्रेसको भारतीय रेलमन्त्री लालुप्रसाद यादवले सोमबार उद्घाटन गरे । उक्त रेलले ५ सय यात्रु लिएर दिल्ली प्रस्थान गर्‍यो ।

यादवले जोगवनीबाट पटना हँुदै मुगलसरायबाट सीधै दिल्ली पुग्ने बताए । उनका अनुसार शनिबार र आइतबारबाहेक साताको ५ दिन यो सेवा उपलब्ध हुनेछ ।

सीधा रेलसेवाले जोगवनीवासी मात्र नभएर छिमेकी नेपाली र उद्योगी व्यापारी बढी लाभान्वित हुने उल्लेख गर्दै यादवले रेलसेवाले जोगवनी र विराटनगरमा उद्योगमा लगानी बढ्ने विश्वास व्यक्त गरे । उनले भारतको ६४ हजार किलोमिटर क्षेत्रमा रेल सेवा चालू भएको जानकारी दिँदै विहारभरिका सबै मिटर गेजलाई चाँडै ब्रोडगेजमा परिणत गर्ने र जोगवनी कटिहार ब्रोडगेजलाई चाँडै विद्युती करण गर्ने बताए । यसअघि जोगवनीबाट स्थानीय रेलमा कटिहार पुगेरमात्र दिल्लीको सवारी समात्नुपर्ने बाध्यता थियो ।

सेवा सञ्चालनपछि नेपाली उद्योगी व्यवसायीले रेलमन्त्री यादवलाई धन्यवाद दिएका छन् । मोरङ व्यापार संघका अध्यक्ष महेश जाजुले मन्त्री यादवलाई सोमबार ज्ञापनपत्र दिए ।

पत्रमा जोगवनी दिल्ली सीधा रेल सेवाले नेपाली यात्रु र उद्योगी व्यवसायी बढी लाभान्वित हुने उल्लेख गर्दै जोगवनीबाट धरानसम्म रेल सेवा विस्तारका लागि आग्रह गरिएको छ । पत्रमा यो सेवाले विराटनगरमा उद्योग स्थापनाका लागि लगानीकर्तालाई आकषिर्त गर्न र यहाँको व्यापारमा सहुलियत पुग्ने उल्लेख छ ।

Read Full Discussion Thread for this article