Posted by: krishhhh January 5, 2009
हामी के साचिनै आफ्नो देश नेपाल को माया गर्छौ त ?
Login in to Rate this Post:     0       ?        

साथीहरु,
केही दिन अगाडि म अमेरिका फर्केको छु, लामो छुट्टी लिएर nepal गएको थिए। यो धागो अझै पनि यहाँ देखेर मलाई धेरै खुशी लाग्यो। मैले नेपाल बाट हेर्दा यो धागो बिलिन भै सकेको थियो र मैले वास्ता नै गर्न छोडेको थिए। तर आज अचानक साझा खोल्द यहाँ देख्न पुगे।
लेजक ब्रदर, धेरै धेरै धन्यवाद!


पहिले त म नेपाल को ५ वटा नम्बर मा चोटयाएर समाचार सुनाइ हाल्छु। नेपाल मा अहिले के के छ त :


१, अभाव: तपाईंहरु ले सोच्न सक्नु हुने जती पनि कुरा हरु छन, त्यो सबै कुरा को अभाव छ नेपाल मा अहिले। (बिशेष गरी किचन को समान हरु) खान को अभाव नै सबै भन्दा ठुलो हो नि हैन त?
२, chhhada प्रब्रिती: रन्दी बाजी ले नेपाल लाई छोपेको छ। अभाव कै कारण ले रन्दी बाजी गर्न वाध्य छन नारी हरु। बुवा आमा बिदेश म भयेका तरुना छोरा छोरी हरु ले त नेपाल म धेरै नै मोज गरेका छन। एती chhhada भएको छन कि bayaan गरेर सकिन्न। तपाईं हरु आँफै guess गर्नुस्। तपाईं को guess भन्दा अली बदी नै छ।
३, सम्पूर्ण रुप ले बिचलित समाज: समाज मा पहिले जस्तो हाइ हेल्लो, छिमेकी , गाउ समाज एउटा परिवार जस्तो भन्ने कुरा चै अब नेपाल को एकादेश को कथा जस्तो मात्र भएको रहेछ। पहिले पहिले तरुन केटा केटी हरु लाई भाई बहिनी भनेर मिठो मिठो कुरा गरिन्थ्यो, अहिले चै वाइ सि एल हो कि भनेर दराएर हिन्नु पर्ने रहेछ। समाज बिगारने जिम्मा चाइ पुरा सत प्रतिसत वाइ सि एल लाई जान्छ। (मैले बिरोध गरेको चै हैन ल)
४, अशुरक्षा: त्रास ले सम्क्रमित छन सम्पूर्ण नेपाली हरु। यो जिम्मा पनि सम्पूर्ण रुप ले वाइ सि एल हरु लाई नै जान्छ। बिचरा पुलिस हरु त तास खेल्दा कतै नलागेको जोकर जस्तो मात्र भएको छन। (फेरी पनि मैले कोसैको बिरोध गरेको हैन है)
५, ashikchya: नेपाल मा जस्का बाउ आमा बिदेश मा छन उनीहरु को छोरा छोरी ले चै राम्रो एजुकेसन पाएका छन। अर्थात भनुन पैसा हुने ले पदेका छन। धेरै जसो चै अभव कै कारण ले कि चै लुटेर खाने, कि चै रन्दी बाजी गर्ने, कि चै बिदेश तिर जने चक्कर ले बर्बाद भको chha.


ल एत्ती बुझे सबै बुझिन्छ नेपाल को खबर। राम्रो खबर भनेको चै एउटा मात्र छ। नेपाल म चुरोत खानु पर्दैन, बाटो को धुवा धुलो ले दिन मा ५ बट्टा बराबर को फ्री मा पाइने राइछ।


साथी हरु, साचिनै हामी केही काम गरी थोरै कमाएर बिदेश बसेको हरुले सानो सहयोग गरे धेरै नै ठुलो कार्य हुन्छ नेपाल मा भन्ने कुरा हामी ले बुझ्नु जरुरी छ। मैले गरेको कार्य ले साह्रै राम्रो सफलता पएको छ(mero example diyera ghamanda gareko haina,,euta success bhayeko example matra diyeko ho, do not take it otherwise) । दु:ख गरेर कमएको पैसा अरु लाई दिन सजिलै विश्वाश गर्न सकिन्न, यो यथार्थ हो। तर देश को स्थिती जस्तो सुकै भये पनि आफु ले विश्वाश गर्न सकिने कम्ती मा १ जना ब्यक्ती त आफ्नो गाउ म भेट्न सकिन्छ। त्यो आश अहिले सम्मा मरेको छैन। तपाईं को गाउ मा तपाईं ले विश्वाश गर्न सक्ने मान्छे के अब १ जना पनि छैनन त? पक्कै पनि छन। तपाईं हरु ले आफ्नो सानो सहयोग त्यो ब्यक्ती मार्फत सन्चालन गर्न सक्नु हुनेछ। प्रती बर्ष १००० दोल्लर ले अहिले सम्मा पनि नेपाल म ५ गरीब बच्चा हरु लाई राम्रो एजुकेसन दिन सकिन्छ। या अरु कुनै तरिका ले आफ्नो समाज लाई सहयोग गर्न सकिन्छ, यो कुरा मा कुनै दुबिधा छैन। हात बदौनुस्, सफलता मिल्नेछ, अनी तपाईं लाई केही गरेको म गौरव पनि हुनेछ। आफ्नै गाउ को दुखी हरु को असिर्बाद सधैं तपाईं को लागि हुनेछ।


लजेक ब्रदर ले अगाडि ल्याउनु भएको योजना गम्भिर्ता का साथ अगाडि ल्याउन जरुरी छ। योजना भन्दा योजना बनाउने र कार्यन्वयन गर्ने ब्यक्ती  मुस्किल ले भेतिन्छ, र भेतिएको बेला एक पटक साथ दिने एउटा सचो देश प्रेमी को जिम्मा हो। तपाईं ले आफ्ना योजना हरु सम्पूर्ण बिदेश बासी माझ ल्याउन जरुरी छ, साथै सबै साथी हरुले त्यस्को कार्यन्बयन को लागि सानो तिनो सहयोग गर्न अत्यवस्यक छ जस्तो लाग्छ।
तपाईं ले आफ्ना योजना हरु लाई प्रयोगअत्मक तरिका ले साथी हरु माझ राख्नु हुनेछ भन्ने आशा छ, त्यस पछी साथी हरु को प्रतिकृया बुझेर अगाडि सर्दा सफलता मिल्ला जस्तो लाग्छ। यो कार्य म मेरो सम्पूर्ण किसिम ले समर्थन रहनेछ।

Last edited: 05-Jan-09 07:03 PM
Read Full Discussion Thread for this article