>नसुताम , फेरी नयाँ बिस्तराको मांग गरदैमा समस्या हल हुने
>पनि होइन, समस्या त मुत नै हो नि ?
Mr Truth,
माओवादीको हाललाई गतिलो विकल्प उपल्ब्ध नभएको मान्दा पनि, जसरी निकट अतितमा राजा फालेपछिको भ्याक्युम पुरा गर्ने गतिलो नेतृत्व उपलब्ध नहुँदा नहुँदै पनि देखा जाएगा भन्दै जनताले राजा फाले, त्यसै गरी अहिलेपनि देखा जाएगा भन्दै माओवादी पनि फाल्नु पर्छ र त्यसो गर्दा खेरि नै consistent राजनैतिक तर्क प्रयोग गरेको ठहर्दछ भन्ने तपाईको बहस हो भने त्यसमा दम छ र तपाईले नेपाली जनतालाई त्यही कुरा सुनाउनु भए हुन्छ ।
तर मेरो हकमा भने, हिजो राजा फाल्ने बेलामा पनि र आज माओवादी फाल्ने बहस (presumably) भईरहदा पनि मेरो एउटै consistent सुझाब/advocacy के थियो/छ भने राजनैतिक vacuum उत्पन्न हुने देखिसकेपछि त्यसलाई पुर्ने competent नेतृत्व/शक्ति तयार पारीहाल्नु पर्छ नत्र यात्रा कष्टकर र दुर्घटनाले भरिएको हुन्छ ।
हिजो मैले त्यस्तो competent नेतृत्व तयार पार्न के के सुझाएको थिएँ, ककस्लाई सुझाएको थिएँ, कसरी र केके तर्कले मेरो सुझाव रद्धिको टोकरीमा पुग्यो आदि मेरा दर्दनाक कथा सुनाउनु भन्दा पहिले यति भन्न चाहन्छु, जनआन्दोलन पछि यताका सारा महंगा महंगा अनिश्चितता, ढिलासुस्ती, अराजकता र अनपेक्षित हिंसा incompetent नेतृत्वको कारण हो भनेर देख्न गाह्रो छैन । किनभने जनआन्दोलन देखि यता तीनवर्षमा देखिएका अपेक्षित र अनपेक्षित हरेक समस्यामा कुनै यस्तो एउटा पनि समस्या छैन, जुन लोकतान्त्रिक गणतन्त्र र यससंग आवद्ध मुल्यमान्यताद्वारा सम्बोधन र समाधान गर्न नसकियोस् ।
अनि Competenet cometenet भन्दा म के कुरामा सतर्क नै छु भने मैले नेपालको राजनैतिक क्षेत्रको बौद्धिक यथार्थप्रति आँखा चिम्लेर आकाशबाट झर्ने competent नेतृत्वको कुरा गरेको चाही होईन ।
गणतन्त्रलाई पूर्ण रुपले internalize गरिसकेका र स्वच्छ छवि (हुन त यो शब्द cliché भईसक्यो तर पनि यसले अझै अर्थ राख्छ) का एकजनालाई नेपाली कांग्रेसको राजसिंहासनमा विराजमान गराउन सकियो भने नेपाली कांग्रेसले ठूलो नैतिक पुँजी प्राप्त गर्छ । अनि उसले नेपाली कांग्रेसलाई legacy मुक्त नयाँ दलको रुपमा रुपान्तरण गर्ने सम्मको स्वतन्त्रता पायो भने, काम तमाम भयो भनेर सम्झे हुन्छ । एमालेको हकमा पनि त्यही कुरा लागु हुन्छ । अन्यथा कोईराला, देउबा, माकुने र झनाख हरुले हाँकेका टपरटुईयाँ दल माओवादीको विकल्पको रुपमा प्रस्तुत हुन त्यत्तिकै हो ।
अब पुराना कुरा । विस्तृत बयानबाट सबैलाई बोर गर्न चाहन्न । यत्ति भन्छु - शुरुमा मलाई नागरिक समाजले तदर्थ राजनैतिक नेतृत्व दिन सक्छ कि भन्ने आसा थियो र “लोकतन्त्र र शान्ति को लागि नागरिक आन्दोलन” (CMDP) वालाहरुलाई त्यसबारे सोच्न लगाउन मरिमेटी लागेको थिएँ । अन्य कुरासंगसंगै मलाई के पनि किञ्चित आसा थियो भने यो आन्दोलन विस्तार भएर एउटा व्यापक दल (सबै दलका योग्य योग्य नेताहरु यसैमा सम्मिलित भएर) मा परिणत हुन सक्यो भने त के चाहियो । तर नागरिक आन्दोलनका अगुवाहरुको view भने आन्दोलनलाई सिमित भूमिकामै राख्नुपर्छ भन्ने थियो, र मैले ज्यान गए पनि बुझाउन मनाउन सकिनँ मेरो कुरा ।
नागरिक अगुवाहरुसंग निराश भएपछि संसदिय दलहरुको रुपान्तरणतिर खर्च गरियो सारा बहस र उर्जा । संसदिय दलका समर्थकहरुले के भनेर मेरा कुरालाई ईन्कार गर्थे भने अब राजाको शासनको अन्त्य अवश्यंभावी छ, त्यसैले दल-रुपान्तरणको हतार छैन, त्यो भनेको सत्ता हातमा परेपछि गर्दै गर्दा हुन्छ ।
माओवादीसंग गरिएको १२ बुँदे सम्झौतामा माओवादी र संसदिय दलहरुले जनताको नाममा अब हामी सुध्रिन्छम् हामीलाई समर्थन गर्नुहोस् भनेर किटेरै भनेका छन् (माओवादीले बुँदा नं ६ र संसदिय दलहरुले बुँदा नं ७ मा ) ।
सत्ता हातमा पर्यो, प्रतिज्ञा पनि बिर्स्यो ।
अब कुरा छोट्याम ।
अहिलेसम्म जेजति समय र अन्य कुरा अनावश्यक रुपमा खेर गए पनि हामी अघि बढ्नको लागि चाहिने सम्पूर्ण साधन र श्रोत हामीसंग छ (गणतन्त्रको national resolve छ, संविधान-सभा छ, अलिकति क्षतविक्षत भए पनि आम मानिसमा उज्यालो भविष्यको आसा र प्रतिक्षा छ र सबभन्दा ठूलो कुरा त चाहिएको खण्डमा फेरि फेरि पटक पटक जनआन्दोलन गर्न सक्ने साहस र जाँगर नेपाली जनतामा छ ।
अब यी साधन र श्रोतको उपयोग गर्ने ट्याम आयो भन्ने मेरो देखाई हो । र मेरो जोड चाही के भने पुरानो कमजोरीबाट सिक्न पनि पर्यो ।
अहिलेलाई यतिमै विश्राम लिएँ ।
Nepe