Ved555,
माओवादीसंग मलाई रिस उठेको पनि हो र यसका व्यक्तिगत भने पनि हुने कारण पनि छन् ।
झण्डै झण्डै यहाँले भन्नुभए जस्तै पद, सुविधा वा अवसर नपाउने छाँट देखेरै हो खासमा म क्रुद्ध भएको, तर कति भने म माओवादीको कृपाबाट होईन आफ्नै परिश्रमबाट, आफ्नै दशनङ्ग्री खियाएर पाईने अवसरको सपनामा थिएँ ।
मलाई आसा थियो अब त्यस्तो अवस्था सिर्जना गर्ने स्थिरता, निश्चितता र कानुनीराजको स्थापना हुनेछ र प्रवासमा निस्सार जीवन बिताईरहेका बौद्धिकवर्ग देखि कष्टकर काम गरिरहेका कामदारहरु समेत आफुले जोडेका दुईपैसा, अनुभव र सबभन्दा महत्वपूर्ण त ईख बोकेर स्वदेशमै फर्की नयाँ नयाँ व्यवसाय र सिर्जनात्मक काम थाल्नेछन् ।
तपाई र अन्य साझावासीहरुको अनुभव सुनाउनुहोस् त, नेपाल फर्किन्छु भन्नेलाई नेपालका साथीभाईहरु र बन्धुवान्धव के सल्लाह दिन्छन । पागल भए आईज, नभए पनि यहाँ आएपछि पक्का पागल हुन्छस् भन्दैनन् ?
प्रवासीको स्वदेशफिर्ती त कता हो कता, स्वदेशमै व्यवसाय गरीबसेकालाई पनि टिकिनसक्नु पारेका छन्, यी क्रान्तिकारी माओवादीहरुले-- एकातिर राजनैतिक दलाल मजदुर जत्थाको राजनीति अभिप्रेरित जोधाहापनबाट (राजनैतिक दलाली नगर्ने विशुद्ध पेशेवेर युनियनवाद भएको भए यतिञ्जेल व्यवसायी र मजदूर दुवैको यथोचित हितको सन्तुलनमा रहेको श्रम ऐनको निर्माण र पालना समेत भईरहेको हुनेथियो ! ), र अर्कातिर हतियारधारी जत्थाहरुलाई नियन्त्रण गर्ने दर्शन र संयन्त्र बनाउन नसकेर ।
माओवादीको सबभन्दा हानीकारक वैचारिक inadequacy के हो भने wealth प्रति सम्मानको सट्टा ईर्श्या, व्यवसायीहरुलाई शोषकको रुपमा हेर्ने दृष्टिकोण, wealth को creation होईन distribution लाई प्राथमिक आवश्यकता देख्ने सैद्धान्तिक धरातल ।
माओवादीको यो पक्षको विरोध गर्न म कहिले चुकेको छैन (गत २५ वर्षदेखि लगातार गर्दै आएको छु, माओवादीको पुर्खाहरुको पालादेखि )
सम्पन्नता बिनाको समानता symbolic मात्र हुन जाने र त्यसले कसैलाई पनि वास्तविक पाईदा नहुने हुनाले हाम्रो सारा ध्येय र प्रयास सम्पन्नता बढाउनेतिर लक्षित हुनुपर्छ भन्ने मेरो दर्शन हो नेपालको लागि । त्यसैले नेपाललाई चलाख अर्थतन्त्र र सम्पन्नताको तिव्र-मार्ग चाहिन्छ भनेर भन्दै आएको हुँ ।
आर्थिक मामला त के जातिय मुद्धामा समेत यो दर्शन लागु हुन्छ । प्रगतिरत अर्थतन्त्रबिना inclusion ले पनि excluded हरुमध्ये अधिकांशको जीवनमा केही परिवर्तन ल्याउदैन । निरन्तर गरिबीमा लागु हुने inclusion भनेको excluded groups बाट केही मुठ्ठीभर मानिसलाई संभ्रान्त वर्गमा परिवर्तन गरी पुराना र नयाँ संभ्रान्त वर्गले मिलिजुली खाने inclusion मात्र हो ।
मधेसी जातिय आन्दोलन नै हेरुम न । हालसम्मका हकमा फाईदा लिने को छ ? संभ्रान्त मधेसीहरु नै । (मधेसका आपराधिक गिरोहहरुले पनि फाईदा उठाईरहेका छन्, तर त्यो अस्थायी र फरक मुद्धा समेत हो) ।
घुमीफिरी मेरो कुराको सार के हो भने, नेपालको विद्यमान सम्पूर्ण समस्याको वास्तविक समाधान अर्थतन्त्र नै हो ।
हामीले जप्नुपर्ने मन्त्र यही हो: अर्थतन्त्रनाथले हामी सबैको कल्याण गरुन् (It’s the economy, stupid !)
माओवादीलाई यो दिक्षा जबर्जस्ती दिलाउन र मन्दिरका पुजारी नियुक्तिमा होईन अर्थतन्त्रका पुजारी बटुल्ने र अर्थतन्त्रकै पुजा गर्ने काम गर्न लगाउन मैले एउटा आन्दोलनको आवश्यकता देखेको हुँ ।
Nepe