Posted by: CEO January 4, 2009
CPN YCL Attacks: Pashupati Ka Bhandariharu lai
Login in to Rate this Post:     0       ?        

पशुपति सेवकमाथि माओवादी मुक्का

Full story: http://www.dainikee.com/news/index.php?action=news_details&news_id=1375

  एक घाइतेको वयान
हरिहरमान भण्डारी
पशुपतिनाथ मन्दिरमा एक सातायता भएका तमाम घटनाक्रमलाई संसारले बुझेको छ र त्यसबारे चौतर्फी प्रतिक्रिया पनि आइरहेका छन्। तथापि सरकार र त्यसको हनुमान मात्र बनेको पशुपति विकास कोषले केही नसुनेझैं गरिरहेको स्थिति छ। हामी मुख्यतः मन्दिरको सेवा र रेखदेखमा पुर्ख्यौली रुपमा संलग्न भण्डारीहरूले त्यसको बर्खिलाफ खुलेयाम असहमति राखी आन्दोलन गर्दै आएका छौं र आमभक्तजन, नागरिक समाजले पनि सहभागिता राख्दै आएको छ। तर हाम्रो पवित्र आन्दोलनलाई छायाँमा पार्ने र पशुपतिको मुद्दालाई आलटाल गरेर टार्ने प्रयासमा सरकारी पक्ष जोडदार रुपमा लागेको छ। हामीलाई जीउधनकै नोक्सानी गर्ने धम्की निरन्तर आइरहेको छ। यस अवस्थामा हामीले मन्दिर प्रांगणमै सन्चार माध्यम बोलाई यथार्थ जानकारी प्रवाह गराउनु आवश्यक ठान्यौं। यसका लागि हामीले हिजो मात्र गठन गरेको परम्परागत धर्म, सँस्कृति संरक्षण संघर्ष समितिको आयोजनामा पत्रकार सम्मेलन गर्ने निधो गरेका थियौं।
Read Full Discussion Thread for this article