Posted by: Nepe January 2, 2009
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        

कुनै एउटा दलसंग नजिक नभईकन आफुलाई सुरक्षित ठान्न नसक्ने मनोबलविहिन पात्रहरु र कुनै एउटा दललाई सत्तोसराप नगरीकन आफ्नो inadequacy बिर्सन नसक्ने स्वाँठहरुले मात्र हो हरेक व्यक्तिलाई कुनै न कुनै दलको नजिक हुनैपर्छ भनेर कल्पना गर्ने ।

 

के कुनै पनि दलसंग आवद्ध वा निकट नभएको, स्वतन्त्र र दललाई होईन मुद्धा (issues) लाई समात्‍ने विचारक हुन सक्तैन यो दुँनियाँमा, स्वाँठहरु हो ?

 

हुनसक्छ र नेपे ठ्याक्क त्यस्तै व्यक्ति हो ।

 

नेपे अटाउने दल नेपालमा न बनेको छ, न बन्ने देखिन्छ, कम्तिमा केही साल वा दशकभर ।

 

तर मुद्धाको मामला हो भने, लोकतन्त्र, गणतन्त्र, समावेश, सुशासनधन-सिर्जना गर्ने अर्थतन्त्र को पक्षमा अनि अतिवादी जातिय संघियताधन-सिर्जना नगरी गरीबीको समान वितरण गर्ने साम्यवादी अर्थतन्त्रको को विपक्षमा को को छन्, ती सबैसंग सोही सोही अनुसार निकट छु ।

 

त्यसैले नेपेलाई कुनै दलको परेवा-खोपोमा कोचिएको कल्पना गरेर नेपेको विचारसंग वैचारिक प्रतिस्पर्धा नगरिकनै बाजी मार्ने बहादुरी नदेखाम् ।

 

है त ?

 

Nepe

Read Full Discussion Thread for this article