Posted by: Sufal January 2, 2009
कोटी कोटी धन्यवाद
Login in to Rate this Post:     0       ?        

कोटी कोटी धन्यवाद

फक्रिएको छौ साझा तिमी लालीगुराँस फक्रिएे जसतै
उडिरहनु खुल्ल आकाशमा सधैं डाँफे नाचे जसतै
पस्किनु सप्तरङ्गी समाचार सधैं हामीलाई भनी
दियी रहनु जानकारी सधैं हामीलाई आफ्नो ठानी

सफलतासाथ साथ दियौ २००८ मा पाठकहरुको
दिनेछौ नछुट्ने बाचा अन्नत सम्म विश्वाश र अठोटको
फक्राउनु सिरिसका निला फुल जसतै मिठो सुबाश छरी
फर्फराउनु स्वछन्दका साथ चन्द्र सुर्य झन्डा सरी

नदिन सक्दिन्न कोटी कोटी धन्यवाद तिमीलाई म
चुनेछु sajha person of the year 2008  म
खुशी छु साह्रै, पहिराउछु ईन्द्रणिको हार तिमीलाई
गर्दिन कन्जुस्यी दिन बाचा नभुल्ने कहिलै तिमीलाई

(धेरै धेरै धन्यवाद साझा, मलाई sajha person of the year 2008 चुनेकोमा)

~सुफल

Read Full Discussion Thread for this article