Posted by: Birkhe_Maila December 29, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

काउली गीत:

कस्तो राम्रो हेर्दाखेरी सेतो सेतो काउली

भोक लाग्यो नानू बाबु कपाकप खाउली

सेतो थुंगा हेरेर मन भयो दंग

काटकुट् पार बाबु अलि सफा संग

स्वादीलो यो हुन्छ नि, फाइदा पनि गर्छ नि

शकाहारी काउली नानू ,सधैँ खानु पर्छ नि

लौ लौ बाबु यता आऊ, लौ लौ नानू यता आऊ

एउटा थुंगा झिकेर, ल है छिटो क्वाप्प खाऊ

भोक मेटिन्छ यसले, सुख भेटिन्छ यसले

तरकारीको राजा, यसलाई जित्ने कसले

भात खाने बेला भयो, हात धोएर बस

भात र दाल संगै, काऊली खान बस

ल हेर त गजबको खाउँ-खाउँ लाग्ने देखियो

साह्रै भोक लागेर यस्तो गीत लेखियो

Read Full Discussion Thread for this article