Posted by: BostonKtm December 27, 2008
दलहरूमा राजतन्त्रप्रतिको मोह ढलेको छैनः प्रचण्ड
Login in to Rate this Post:     0       ?        

दलहरूमा राजतन्त्रप्रतिको मोह ढलेको छैनः प्रचण्ड

नेपाल समाचारपत्र (काठमाडौं) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफनो नेतृत्वको पार्टीरकारमा बस्दाबस्दै बलि चढ्न सक्ने तर जनतालाई विश्वासघात गर्न नसक्ने बताउनुभएको छ।


हिजोको पञ्चायत र राजतन्त्रको जस्तो अहिलेको सरकार नभएको बताउँदै उहाँले जनताको भलाइका लागि आफनो पार्टीडाइँमा जान तयार रहेको चेतावनी दिनुभएको छ।

अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय भेलालाई शुक्रबार कीर्तिपुरमा सम्बोधन गर्दै प्रम प्रचण्डले सो धारणा व्यक्त गर्नुभएको हो।

ँदलहरूले अहिलेको सरकारलाई हिजोको जस्तो सरकार नठाने हुन्छ’, उहाँको तर्क थियो- ँअहिलेको सरकार भोलिसम्म रहिरहनेछ।’
ँमुलुक युगान्तकारी परिवर्तनको दिशामा छ, राजनीतिक अर्थमा राजतन्त्र ढलेको छ, तर विद्यमान दलहरूमा राजतन्त्रप्रतिको मोह ढलेको छैन, यथावत् छ’, उहाँले भन्नुभयो- ँदलहरू पुरानै शैलीमा चलेको र उनीहरूको संस्कार, मान्यता र प्रवृत्ति पनि पुरानै रहेको छ।’
पार्टी अध्यक्ष्ँसमेत रहेका प्रचण्डले आफूले सत्ता सम्हालेको चार महिना बितिसक्दा नजिकबाट धेरै देख्ने र सिक्ने मौका पाएको उल्लेख गर्दै भन्नुभयो- ँहामी कहाँनेर घेरामा परेका छौं, स्पष्ट हुन सकेको छैन।’

ँहामी कुर्सी बसेका छौं, जनताले हाम्रो पार्टीई कुर्सी ह भएको हो कि भन्ने सोचेका होलान्, तर विगतका सरकारको कर्ुर्सर्ीीेहजस्तो हाम्रो पार्टी छैन, हामी क्रान्तिको नयाँ मोडल तयार गर्दै सरकार चलाउनेछौं’ -उहाँको भनाइ थियो।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष्ँ लेखनाथ न्यौपानेले अब विद्यार्थी आन्दोलन दबाब र जागरणमुखी हुने बताउनुभयो।
कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा. माधव शर्मा, नेकपा -माओवादी) का नेता विप्लव, हितमान शाक्य, क्रान्तिकारीका उपाध्यक्ष्ँ रामदीप आचार्य, हिमाल शर्मालगायतले बोल्नुभएको थियो। भेला आज शनिबारसम्म चल्नेछ।

Read Full Discussion Thread for this article