बेलुकि पख मनोजको फोन आयो । मेरो
मोबायल स्विच अफ भएर हैरान भएको रहेछ ट्राइ गर्दा गर्दा !एकैछिन रिस पोख्यो ।म
चुपचाप सुनिरहेँ । मेरो काम आजकल सुन्ने र दिमागमा कुरा खेलाउने मात्र भइरहेको छ
,बोल्न त मैले बिर्सिसकेको छु ।
“तँ शुक्रबार बिराटनगर झर है !!!!!!” उसले
कुरा टुंग्याउने बेलामा मलाई भन्यो ।
“खोइ यार बिजि छु !” मैले टार्ने
प्रयास गरेँ । मलाइ बिराटनगर जान पक्कै पनि मन छैन ।
“नाटक नगर न ,तँ खुरुक्क न आईज ! मलाइ पनि थाहा छ
तेरो अफिसमा कुन बेला कति काम हुन्छ !” उसले म माथि
हक जनायो ।
सोचे उ मात्र छ जस्ले मेरो बारेमा सबै कुरा बुझ्छ ,मेरो
भावना हरु बुझ्छ सुधा र मेरो सम्बन्ध आवश्यकता भन्दा चाँडै नै अघि बढिरहेको छ जसले
पछि सम्बन्धहरुमा दुर्घटना निम्त्याउने छ भन्ने पनि उ नै थियो । म उ सँग मेरो
संकटको निराकरणको उपाय पनि माग्नेछु । एकचोटि सुधाले पत्तो नपाउने गरी बिराटनगर
झर्नुपर्ला मैले निधो गरेँ !!!!!!!!!
बिराटनगर
यो तेस्रो लगातार हफ्ता थियो जस्मा म धनकुटा बाट बिराटनगर
आएको!!! घर फोन गर्दा तेरो आजकल बिराटनगर तिर धेरै काम हुँदै छ नि भन्दै हुनुहुन्थ्यो
। ढाँट्नु त वाध्यता हो मेरो !!!!! म सुधा सँग को सत्यता अहिल्यै घरमा बताउन
सक्दिन । मनोज को अफिसमा पुगेँ डाईरेक्ट !!!!मनोज मलाई नै पर्खेर बसिरहेको थियो ।
“ ल भन के छ त प्लान ?”
“तँ जे भन्छस् !!!!!!!म के भनुँ म त तैँले बोलाएर
आएको !”मैले टेबलमा राखेको पेपरवेट खेलाउँदै जवाफ फर्काएँ ।
सरकारि अफिस नै भए पनि उसको अफिस चटक्क परेर मिलाइएको थियो ।
“फिल्म हेर्न जाने हो ?’
“नजाउँ यार !” मलाइ आज
भिँडमा मिसिने रहर पक्कै पनि छैन ,म एकान्त चाहन्छु ।तिँ माथि सुधा भेटिइ नै
हाल्छे कि भन्ने डर पनि थियो ।
‘किन आज तेरो मुड अफ छ नि !’ उसले
मेरो मन चिह्याउने प्रयास गर्यो ।
“तँलाइ भन्नु पर्ने धेरै कुरा छ यार !!!! ’
मलाई सिधै विषयमा छिर्न अफ्ठ्यारो लागिरहेको थियो उसले मलाई
सोचेर मात्र अघि बढ् भन्दा भन्दै म बढेको थिएँ अहिले म कस्तो अवस्थामा छु ।सुधालाई
लाग्छ म सुधालाई माया गर्छु ।मलाइ लाग्छ न म सुधालाइ माया गर्छु न सुधा मलाइ माया
गर्छे ।
“सुधाको बारेमा ?”
मैले टाउको हल्लाएँ ।
“साँचि सुधा पनि त बिराटनगरमैँ छे नि ! भेट्न
जाँदैनस् ?”
उसले फेरि सोध्यो ।
‘हो बिराटनगर मैँ छे ,एक हफ्ता अघि त भेटेको !”
“भनेपछि भेट भइराखेको छ !!”
।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।
उ एकछिन चुप रह्यो मानौँ मेरो विवशताको चिहानमाँ उ मौनधारण
गर्दै छ ।चुपचाप बसेर उ म माथि सान्त्वना जनाउन चाहन्छ ।
“हेर यसमा तेरै गल्ति पनि हुनसक्छ ,हुनसक्छ उ
सम्पुर्ण रुपमा तँलाई विश्वास गर्छे !!!!!! ” उसले एकछिन
पछि आफ्नो मौनता तोड्यो ।
“मलाई विश्वास गर्नेले अरुलाइ विश्वास गर्न के बेर
!!!! हिँड जौँ आज फ्रेश हुनुपर्छ । ”
“फ्रेश भन्नाले !”मनोजले आफ्नो
आँखा उठाउँदै मतिर हेर्दै भन्यो ।
“तँलाई थाहा छ !”
“तैले छोडेको त थुप्रो भयो त हैन !”
“छोडेको कुरा समाउन लाइ केहि समस्या छ र ?”
“छैन !”
“आज म तेरोमा आएको तैले मेरो ईच्छा त पुरा गर्नै पर्छ
।“
‘सुधाको कारणले हो भने ,पिउन शुरु नगर ,देवदास पार्ट
टु होलास् !”
‘हैन ,त्यत्तिकै मुड आयो !”
“कोठामैँ है ! “
“हैन भाउजुको अघि केहि गफ हुँदैन !”
“त्यसो भए ?”
“थाहा होला नि बिराटनगरको तँलाई !!!!!!”
“थाहा छ ,मजाको रेष्टुरेन्ट छ ,ल हिँड !!!!!!!!”
उ अफिस बाट तलतिर मोटरसाइकल पार्क गरेको ठाउँतिर लाग्यो म
पनि उसको पछि पछि लागेँ ।
क्रमश: