Posted by: Deep December 24, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

FrozenDream,

"..प्रतिकृया झन कती रमाइला रमाइला। अरुको comment लाई बटार बुटुर पारेर, हँसिलो बनाएर जवाफ दिने गहिरे दाई (Deep bro ) मान्छे प्रतिभाशाली (एउटी साली भिडाइदिए मैले) हो। "

जय होस् प्रभो, अनि सालीको नाम उसो भए प्रतिभा होईन त?  सम्झिरहनु पर्यो नी --

bideshi,

"Baru Why end so soon?keep coming more like what happened later....."

त्यो त हो, तरुनीहरुको कुरालाई रोके पछी त प्रलय आईहाल्छ नी -- रोक्न हुन्थ्यो के त ---  तर what happened later मा चै अलि घारघुर भो के --

miss_ me ,

"--जेहोस शुभेक्षा  भएनि पाइयो, नत्र  चोखो मनले 'शुभेक्षा' दिने मान्छे नै कहाँभेटिन्छ र---?"

त्यो त हो तर खोज्या चोखो मन चैं थ्यो -- त्यो मन भेट्टाउन पादेखुन त त्यै मनले दिने शुभेक्षाको के कमी हुन्थ्यो र?

nakkali keti ,

"आसा छ हामीले यो सुस्ताउने चैतारो फेरी अवस्य भेट्टाउनेछौ। "

यात्रीले भेट्टाउने हो चौतारो त, चौतारोले यात्री हैन। यात्रीहरुले माया नगर्ने हो चौतारोलाई भने त्यो चौतारो केबल एउटा रुख हुन्छ। चौतारोको गौरब भनेकै त्यसलाई माया गर्ने यात्रीहरु हुन।

मुयाँ नमारम है त चौतारोको।

Hajmola,

eautiful, i never miss your stories...too good...soo nostalgic..
 
 
 
तरुनीको बारेमा मैले लेखैकै ब्युटीफुल लागेछ प्रभोलाई भने ती तरुनीहरु झन कति ब्युटीफुल थिए होलान त? उत्पात थिए नी, नारन! उत्पात।
 
तरुनीहरु सम्झेर मैले भन्ने पनि त्यै हो ...too good...soo nostalgic..
 
**************
 
 
फेरी एक पटक, मेरो प्रस्तुतीलाई समय दीने सबै प्रति हार्दिक आभार अनि सबैलाई मायालुको चुम्बन जस्तै जिन्दगीको शुभकामना।
Read Full Discussion Thread for this article