Posted by: no_quiero December 23, 2008
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        
तराईमा छ महिनामा १०० जनाको हत्या
 
सरकारले तराईका सशस्त्र समूहहरुसंग लामो प्रतीक्षापछि वार्ता शुरु गरे पनि तराईमा हत्याको क्रम रोकिएको छैन।

वार्ता टोली
संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको एउटा घटकको वार्ता टोली सार्वजनिक भएको छ

पूर्वी तराईमा गएको एक साता यता १० जना मारिइसकेका छन्।

सरकारले एउटा समूहसंग वार्ता गरेपनि दर्जनौ अरु समूहहरुसंग वार्ता हुने अझै कुनै संकेत छैन।

वार्ताको अन्यौलले यस्तो स्थिति देखा परेको मानवअधिकारकर्मीहरुको भनाई छ।

लगातार हत्या

मध्य र पूर्वी तराईका सप्तरीदेखि पर्सासम्मका आठ जिल्लाहरुमा गएको सात दिनभित्र हत्या गरिएका १० जना मध्ये राज्य पक्षबाट तीन र गैरराज्य पक्षबाट सात जना छन्।

धनुषामा एकजना कर्मचारी र एकजना सशस्त्र प्रहरी सहित पाँच जनाको हत्या भएको छ।

पर्सामा दुई जना, सर्लाही, सिराहा र सप्तरी जिल्लामा एक, एक जना मारिएका छन्।

यी क्षेत्रमा गएको छ महिनामा १०० जना मारिएको मानवअधिकारसित सम्बद्ध संगठनहरुले जनाएका छन्।

मानवअधिकारको क्षेत्रमा कार्यरत बुद्धिनारायण सहनी भन्छन, “वार्ताको अन्यौलले पनि हत्या र हिंसाको श्रृङ्खला लम्बिएको हो।"

सरकारी वार्ता टोलीले गत महिना मधेशी भाइरस किलर्ससित औपचारिक वार्ता गरेपनि अन्य संगठनहरु सित वार्ता भएको छैन।

टोली सार्वजनिक

वार्ताका लागि संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको एउटा घटक र मधेशी मुक्ति टाइगर्सका टोली सार्वजनिक भएका छन्।

तर उनीहरुसित पनि वार्ता हुन सकेको छैन।

वार्ताको अन्यौलसंगै हत्याको श्रंखला मात्र होईन अपहरण र धम्की पनि सामान्य भएका छन्।

यसको पछिल्लो प्रमाण सोमबार वीरगंजमा देखिएको थियो।

त्यहाँ एकजना व्यापारीलाई गोली हानी हत्या गरिएको थियो।

घटनाको विरोधमा व्यापारीहरु सडकमा उत्रेका छन्।

Read Full Discussion Thread for this article