Posted by: Nepe December 22, 2008
Himal Media Journalists attacked
Login in to Rate this Post:     0       ?        

माओवादीको सत्तारोहण माओवादीको कारणले कम र माओवादीका वैकल्पिक शक्तिहरु (राजतन्त्र, नेपाली कांग्रेस, एमाले) को अयोग्यताको कारणले धेरै हो ।

 

त्यसकारण माओवादीको गतिलो विकल्प (नेपाली मतदातालाई गतिलो लाग्नुपर्छ नि, एक्कादुक्का साईबर-बहादुरलाई मात्र गतिलो लागेर पुग्दैन !!) अगाडि नआउञ्जेल जसले जतिसुकै टाउको भित्तामा ठोकेपनि माओवादीबाट मुक्ति सम्भव छैन ।

 

माओवादीबाट मुक्ति कहिले ? माओवादीको गतिलो विकल्प देखिन्छ जहिले ।

 

हाल त्यस्तो विकल्प नभएकोले अहिले अधिकतम गर्न सकिने भनेको माओवादीलाई नेपाली जनताको विशाल विरोधप्रदर्शन जस्तो झापट दिएर यथासम्भव ठीक ठाममा राख्‍ने प्रयास गर्नु हो ।

 

तर त्यस्तो विरोधप्रदर्शन पनि सामन्तवादी शक्तिहरुको नितान्त अनुपस्थितिमा र नेपालको गणतान्त्रिक परिवर्तनसंग “identify with” हुनेहरुको पहल र उपस्थितिमा हुनुपर्छ । तबमात्र त्यस्तो प्रदर्शन राजनैतिक रुपले legitimate र नैतिक रुपले अपराजेय हुनेछ ।

 

गणतन्त्रविरोधीहरु, जोजति छन्, तीसंग न त political legitimacy छ, न त moral strength नै, कम्तीमा अहिलेका दिनसम्म । त्यसकारण त्यो शक्तिको खासै उपयोगिता र मूल्य छैन अहिलेलाई ।

 

Nepe

Read Full Discussion Thread for this article