माओबादीहरु पुराणको भष्मासुर हुँदैछन। अरुलाई हिर्काएँ भन्ने लाग्ला अहिले तर आफ्नै खुट्टामा बन्चरो हान्दैछन। लोकतन्त्रको दुहाई दिएर राजा माहाराजाका नामहरुमा स्थापित स्थान र संघ संस्थाका नाम फेरेर अग्रगामी बिचारधाराको मन्चमा बिराजमान हुन खोज्नेहरुलाई लोकतन्त्र भनेको के हो त्यस्को आभाष सम्म पनि छैन कि जस्तो लाग्छ। माओबादीहरुले परीबर्तनको बिगुल फुकेको हो। सत्य हो। तर पृथ्बीनारायणको नाममा ज्ञानेन्द्रले सिंहासन दाबी गर्नु र हिंजो उठाएको परीबर्तनको नाममा माओबादीहरुले आज भोलीको लागि राज्यलाई आफ्नो पेवा सम्झिनु उस्तै कुरा हो।
माओबादीहरु दिन प्रतिदिन असफल हुँदै जाँदै छन। हतियारधारी राजनैतिक दल असफल हुँदै जानु देश र नागरीकहरुको लागि दुर्भाग्यको कुरा हो। माओबादीहरुका असफलता प्रति उनीहरुलाई सचेत गराउनु, अनि उनीहरुको हिंसा प्रति रहेको घृणीत उन्मादको निन्दा गर्नु हाम्रो दायित्व पनि हो।
जी पी जी, नेपेले जे कुरा गरे पनि उनलाई गाली गर्ने प्रबृती छोडनु पर्यो। नेपेले लेखेका केही पंक्तिहरु म यहाँ उल्लेख गर्दैछु। यी पंक्तिहरुमा उनलाई गाली गर्नु पर्ने के कारण छ?
"प्रचण्डले नेपाली जनताको लोकतन्त्रवादी जनादेशबाट प्राप्त सत्तामा रहुन्जेल अर्थोक केही गतिलो कुरा नगरेपनि कम्तीमा यत्ति बुझ्ने काम गरिदिए पुग्थ्यो -- माओवादीको र नेपाली जनताको प्राथमिकता र आवश्यकताहरु आकास-पाताल भिन्न छन् । नेपाली जनताको प्राथमिकता हो - वर्तमान अराजक स्थितिको अन्त्य । र आवश्यकता हो – अर्थतन्त्र ।
त्यसको विपरित, माओवादीहरुको आवश्यकता भनेको उनिहरुको व्यवहारबाट के देखिन्छ भने “माओवादी मण्डलेवाद” को निरन्तरता, निरन्तर गाईजात्रे विलासी शब्दजात्रा र ट्यामट्याममा साम्यवादी अफिमको सेवन ।
माओवादीलाई नेपाली जनताको जनादेश त्यसको निम्ती प्राप्त भएको होईन, बाबा ठाकुरे ! माओवादीको घैंटामा घाम कसले लगाईदिने?"
यदी हिंजो र आज पनि नेपे माओबादीका समर्थक रहेछन (जुन उनले खण्डन गरेका छन जस्तो लाग्छ) भने त उनीबाट त्यस्ता शब्दहरु माओबादी प्रति लक्षित हुनु झन राम्रो कुरा होईन र?
गणतन्त्रको बिरोध गर्ने सबै माओबादी, अनि माओबादीको बिरोध गर्ने सबै राजाबादी भन्ने धंगधगीबाट उम्किनु पर्यो।
राजनीतिमा आउन ज्ञानेन्द्र प्रतिबन्धित त छैनन। सक्छन भने उनी पनि नागरीकका प्रतिनिधी बनुन। जनताबाट चुनीएर आउन, देश चलाउन। म त्यसको सम्मान गर्छु। पृथ्वीनारायणको दुहाई दिएर गद्दीमा बस्न पाईन्न भन्ने बिचार मेरो पनि हो। माओबादी लगायतका राजनैतिक दलहरुले ज्ञानेन्द्रलाई काम गर्न नदिएका पनि हुन। एउटा राजनैतिक दलले अर्को राजनैतिक दललाई काम गर्ने नदिने चलनै हो। राष्ट्रिय हितको हकमा त्यो लागु नहुनु पर्ने हो तर हाम्रो देशमा बिरोधको लागि बिरोध राजनैतिक शक्तिहरुको खुराक हो, मुद्दा जे सुकै होस।
देशको हालत ठिक छैन। माओबादी सत्तामा छन, उनीहरुले बिरोधको धम्कि दिन सुहाउँदैन। उनीहरुको काम आतंक रोक्ने हो, मच्चाउने हैन। उनीहरुले नै नियम कानुनको धज्जी उडाउने हो भने कस्ले पालना गर्ने? किन गर्ने?
हिमाल पत्रिका माथि भएको आक्रमण माओबादीहरुको हुकुमीतन्त्रको प्रमाण हो। माओबादी नेतृत्वले त्यस्ता गतिबिधीलाई रोक्ने मात्रै हैन, गलत तत्वहरुलाई सार्बजनिक रुपमा दण्डीत पनि गर्न सक्नु पर्छ।
बिचारको खण्डन बिचारले गर्नु पर्यो मुडकी र बन्दुकले हैन। हिमालले केही गल्ती गरेको छ भने त्यसको लागी प्रशासन छ, अदालत छन। आफै सरकारमा बसेर आफै कानुनी राज्यको अस्तित्वलाई चुनौती दिन सुहाउँदैन।