Posted by: SHIV December 21, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Login in to Rate this Post:     0       ?        
Gautam ji,
You are welcome. Here's more for you..

देश को अथाहा जलस्रोत को बेवास्त गर्नु भो
नोरवे र फिन्ल्यान्ड को हावा ले नेपाल मा बिजुली निकालछु  भन्नु भो
कमरेडले 'क्रमभंग' गर्नुभयो!

पहिले हामी १०,००० मेगावाट् बिजुली निकाल्छौ भन्नु भो
अहिले हामी डिजल बाट बिजुली निकाल्नी भन्नु भो
कमरेडले 'क्रमभंग' गर्नुभयो!

जे भने पनि भो जे गरे पनि भो कसैले दरो बिरोध गर्न नसक्ने भो
मेरो धेरै बिरोध गरे देश failed state हुन्छ भन्नु भो
कमरेडले 'क्रमभंग' गर्नुभयो!

हाम्रो सरकार बने देखी लोडशेदिङ हट्छ भन्नु भो
लोडशेदिङ थप्नु भो सरकार र उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले 'क्रमभंग' गर्नुभयो!

पहिला नेपाल बन्द गर्नु भो, बाटो, पुल सबै भात्काउनु भो  
अहिले बिजुली को अभाब मा सरकारी कामकाज बन्द गर्नु भो
कमरेडले 'क्रमभंग' गर्नुभयो!

 
Read Full Discussion Thread for this article