Posted by: Himalaya178 December 19, 2008
Thread for the "JOKES OF THE YEAR 2008"
Login in to Rate this Post:     0       ?        

प्रधानमन्त्रीको अनुभवमा युद्ध हाँक्नुभन्दा सरकार चलाउनु कठिन रहेछ । 'कहिलेकाहीँ त जनयुद्धका बेला बढी आनन्द थियोजस्तो लाग्छ,' युद्ध र सरकार सञ्चालनको भिन्नताबारे राखिएको जिज्ञासामा उनले भने, 'प्रचण्डको खोइ त चमत्कार भन्छन् मान्छेहरू । जति गर्न खोजेको हो, त्यति गर्न सकिएको छैन तर काम हुँदै नभएकोचाहिँ होइन ।'

चार महिने अवधिमा डेढ महिना विदेश भ्रमण र एक महिना पार्टीको आन्तरिक विवाद सुल्झाउनमा बितेको प्रधानमन्त्रीले बताए । 'डेढ महिना विदेशमै बित्यो तर ठूलो उपलब्धि भयो । त्यहाँ मैले नेपालमा ठूलो राजनीतिक परिवर्तन भएको बुझाउन र माओवादीबारे रहेको कन्फ्युजन क्लियर गर्न सफल भएँ,' उनले भने, 'मेरो एक महिनाचाहिँ पार्टीको विवाद मिलाउनमै गयो ।'

Last edited: 19-Dec-08 11:05 AM
Read Full Discussion Thread for this article