Posted by: chipledhunga December 19, 2008
Login in to Rate this Post:
0
?
सारा तारा चुँडालेर आकाश रित्तो पारीदिउँ
यस्तो लाग्छ कहिलेकाहीं आफ्नै मनलाई मारिदिउँ
लाखौं चोटि मुटु दुख्छ एक चोटि सास फेर्दा
पापै पाप देखिन्छ जताततै फर्की हेर्दा
कोपिलालाई कुल्चिएर बसन्तलाई भगाईदिउँ कि
यस्तो लाग्छ मानिसको माया मोह भुलाइदिउँ
सारा तारा ......
पूजारीको आँखा छली रुन्छ इश्वर मन्दिरैमा
सुख शान्ति कैदी बनी कल्पी बस्छ जन्जीरैमा
आगै आगो सल्काएर धर्ती बाँझो बनाइदिउँ कि
यस्तो लाग्छ रगत जति रुँदा रुँदै बगाइदिउँ
सारा तारा ....
शुक्रबारे जदौ सबै कामचोरहरुलाई।
यसो चिया नास्ता खुवाएर लोकको उपकार गर्ने कोही छन् कि?