Posted by: SHIV December 17, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
Login in to Rate this Post:     0       ?        
अरु ले जनता लाई झुक्याएर चुसे
वहाँ ले त जनता लाई तर्सयेर चुस्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

राजा  ले झैं वहाँ ले पनि  बन्दुक  तेर्साउनु भो
धेरै मारिए अब कती मर्ने हुन सबै तर्सिये
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

गरीब लाई राहत दिन्छु भन्नु भो
सबै कुरा को कर बडाउनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

स्वतन्त्र अर्थन्त्र को नारा दिनु भो
मज्दुर बिबाद उठाएर उद्योग धन्दा बन्द गर्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी चमत्कार गर्छौ भन्नु भो
सबै ठेक्का YCL लाई मात्रै सुम्पनु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

सहकारय्य नभये हामी लाई भगवान ले पनि बाचाउन सक्दैनन भन्नु भो
लगतै भगवानलाई म मान्दिन भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धम्की र हत्या आम् भयो
उन्नती को नाम मा जे गरेये पनि भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

loadshedding अब देखी हट्छ भन्नु भयो
त्यसो भनेको भोली पल्टै loadshedding बडाउनु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

धर्म र संस्क्रिती रुढिबादी परम्परा भन्नु भो
हाम्रो सँस्क्रिती हाम्रै हो भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हामी बाहेक सबै देश का दुश्मन हुन भन्नु भो
हामी लाई अर्को राष्ट्र ले नै ट्रैनिङ्, सहयोग तथा सामरक्षन दिये भन्नु भयो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

हाम्रो बिचार का बीरोधि हाम्रो दुश्मन हुन मास्नु पर्छ भन्नु भन्नु भो
प्रजातन्त्रिक गणतन्त्र का हामी पक्षधर हौं भन्नु भो
कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

Read Full Discussion Thread for this article