Posted by: Rahuldai December 17, 2008
~ * चौतारी-१३६ *~
Login in to Rate this Post:     0       ?        

जब जब दिन ढल्दै जान्छ,
तब तब चौतारी गल्दै जान्छ।

रात पर्नु अघी,

पात झर्नु अघी
बात मार्ने रहर,
भयो ज्यानमारा जहर।
सूर्य अस्ताउनु अघी नै
सुस्ताउने गाम्लेहरु हो,
नाम्ले भरियादाइ हेर्नु,
उमेर खाए नि,
अधेर भए नि ,
सारा बोझ उठाउन तयार छ,
सारा बोझ बिसाउन तयार छ।
हामी, यत्ती छिटो थाक्यौं,
यती छिटो गृहस्थी भक्यौं।

जब जब दिन ढल्दै जान्छ,
तब तब चौतारी गल्दै जान्छ।

Read Full Discussion Thread for this article