Posted by: dipika02 December 16, 2008
आफ्नै युद्ध
Login in to Rate this Post:     0       ?        
fucheketo
 
फुच्चे, त्यो क्रमश: पछी भाग बढाउन दिक्कै लाग्छ कहिले। त्यसैले समाप्त नै गर्दिएको। फेरी अरु शिर्षकमा लेख भन्ने तिमी नै हौ। होइन त?
 
बिस्टे
 
मामा मैले पनि आफु सानै हुँदा सुनेकी हो यस्ता कुरा। त्यो दिदिको मनस्थिती र बिबसता को बारेमा लेख्न मन लाग्यो अनी लेखिदिए। प्रयास न हो। हजुरलाई गहकिलो लागेछ मेरो लेखाइ खुशी लाग्यो।
 
chipledhunga
 
चिप्लु कार्यालयको समयको सदुपयोग गरेका छौं है हामीले   मैले यो पाली चै आफ्नो लेख्ने शैली भन्दा अलिक फरक र नौलो नै लेख्न खोजेकी हुँ। सफल भएँ कि भईन त्यो चै हजुरहरुको जिम्मा मा छोडिदेकी छु। 
 
somewhereondearth
 
सोमे ज्यु, यो पाली चै फरक नै लेखेकी हो मेरो अन्य कथाहरु भन्दा। अली पुरानो कथा सुनाएकी। अनी हजुर चै के आजकाल बिश्राम मा कि? धेरै बिश्राम पनि नलिनुस् है, हामी माथि अन्याय हुन्छ। 
 
rahulvai
 
त्यही भनेको ठुल्दाइ त्यस्ता कपटी जन्तुहरुलाई त पिटेर पठाउन पर्ने। मान्छेको मनस्थिती सँग खेलबाड पनि गर्न हुन्छ त? तर त्यती हुँदा पनि छन हाम्रो समाजमा दिदी हेरेर बहिनी बिहे गर्नेहरु। बिहे त उहिले गरेका तर मान्छे चै अहिले पनि छन। त्यो दिदिको मनस्थितिमा उर्लेका भावहरु त मैले यो एक पेजमा के समेट्न सक्थे होला र? तै पनि प्रयास चै गरेँ।
 
kancha01
 
कान्छा, एउटै बिषयमा सधैं लेखे भने त पढ्ने तिमी र म मात्रै होलाउ भनेर अर्को बिषय छानेको नि
 
Parbatya
 
पर्बत्या ज्यु, यस्तो दु:ख लाग्दो कथा पनि क्रमश: गर्दै के थप्ने, होइन त? अनी हो त नि त्यसरी रोजी र छाडी गर्नेहरुलाई अरु ले पनि त्यस्तै गरिदिनु पर्ने अनी थाहा हुन्थ्यो होला।
 
planet10
 
प्ल्यानेट, स्वागत गरेँ। छोटो तर सटिक लाग्यो छ हजुरलाई, म सफल भए जस्तो लाग्यो। मेरो प्रयास पनि यही नै हो।
 
आफ्नो अमुल्य समय मेरो कथामा खर्चिनु भएका सबै पाठक प्रती म आभारी छु। धन्यवाद।

दिपिका
Read Full Discussion Thread for this article