Posted by: grishma December 12, 2008
अनि कहिले जाँदै छ त ऊ?
Login in to Rate this Post:     0       ?        
माघ महिनाको चिसो रात,तर जिन्दगीकै महत्वपूर्ण रात, त्यो सुहागरातमा एक अर्काको अंगालोमा बेह्रिएर निकै न्यानो महशुस गर्दै बिक्रमले मन्दिरालाई भनेको थियो- हेर मनु, म त मरुभुमीमा संघर्षले हुर्केको सिउँडी जस्तो हुँ, तिमी जस्तो बलियो आधारस्तम्भ जिबन साथीको रुपमा पाउँला भन्ने कल्पना सम्म पनि गरेको थिइनँ। आज मैले संसार जितेको महशुस गरिरहेको छु। मेरो इमान्दारितालाई नै सबथोक ठानेर तिम्रो हात मलाई सुम्पने तिम्रो ड्याडी ममी प्रती धेरै आभारी छु र आज काँधमा ठुलो चुनौती सहितको जिम्मेबारी बोध गरेको छु। पहिलो पटक अब संसारमा एक्लो छैन भन्ने लागेको छ अनी सबै भन्दा ठुलो कुरा त जिन्दगीमा एकै पटक यती धेरै माया पाउन थालेको छु। यी सबै कुराले मलाई केही गर्न उत्प्रेरित गर्ने छन। मैले आफ्नो पहिचान बनाउनु छ। त्यो तिम्रो लागि मेरो तर्फबाट सम्मान पनि हुने छ। बिक्रमले त्यो रात यस्तै यस्तै कुराहरु गरेर मन्दिरालाई आफ्नो दु:खदायी बिगत र सुन्दर भबिष्यको सपना सहितको द्रिढ संकल्पहरु सुनाउदै गयो मन्दिरा सुन्दै गई।  सहानुभुति जस्ता लाग्ने मन्दिराका जवाफ पनि निकै आत्मिय थिए।  बिक्रम, संसारमा सबैभन्दा ठुलो धन पौरख हो संघर्ष हो र इमान्दारिता हो। यि कुराहरु न धनी बाउले आफ्नो छोराको लागि किनिदिन सक्छ न त डांकाले  अरुबाट लुटेर लिन नै। यो सब हजुरमा छ, हजुर प्रगतिको बाटोमा हुनुहुन्छ  र म हजुरकी सहयात्री बनेर आएकी छु, सफलताले हामीलाई कहीं पर्खेको हुनु पर्छ हामी भेटदै जाने छौं सफलताका श्रेणीहरु यो यात्रामा। यो जमानामा हजुर जस्तो इमान्दार पति पाउनु मेरो लागि सानो सौभाग्य होइन, सायद् सीता र पार्वती पनि यती सौभाग्यवती थिएनन् होला। म आज खुशीको सीमा पार गर्दै छु हजुरको अंगालोमा अनी यो न्यानो छातीमा।
युनिभर्सिटीमा बिक्रमको निकै प्रसंशा हुन्थ्यो गुरुहरुबीच  अनी साथीहरु बिच उस्तै चर्चाको बिषय थियो ऊ। आफुले पढेको  युनिभर्सिटीमा पार्टटाइम क्लास लिंदै गर्दा थोरै समयमै बिद्यार्थीहरुबाट पनि वाह् वाह् बटुलिसकेको थियो। यि सबै कुराहरुले उस्लाई इमान्दार रहेर  काम गर्न निकै उत्प्रेरणा थपेका थिए। सानो छँदा आकाशमा जहाज उडेको देखेर बाबालाई सोधेको थियो रे -बाबा, जहाज कसरी उड्छ? साक्षर मात्र उस्का बाबाले के जवाफ दिनु! भनेछन जहाज मान्छेले उडाउँछन। त्यही बेला देखी उस्को मनमा जहाज उडाउने मान्छे बन्न  रहर लागेको थियो रे। तर आर्थिक स्थितीले गर्दा ऊ पाईलट बन्न नसकेकोमा अहिले पनि पछुताउँछ। अब उस्को धोको भौतिक विज्ञानमा Ph.D. गर्ने र प्रोफेसर बन्ने हो। त्यसै अनुरुप उस्ले M.Sc. सके पछी अमेरिकामा Ph.D. को लागि आबेदन गरेको थियो।  एक दिन बिक्रमले अमेरिकाको एउटा  राम्रो युनिभर्सिटिबाट आफु स्प्रिङ्ग सेमेस्टरको लागि  भर्ना भएको इ-मेल पायो। इ-मेल पाए पछि दुबै जना निकै खुशी भए त्यही खुशीमा मन्दिरालाई अंगालोमा बाधेर निकै बेर चुमिरह्यो र भन्यो- मेरो सपना पुरा हुने भो मनु, ड्याडी ममीलाई सकेसम्म छिटो फोन गरेर खुशीको खबर सुनाउ ल अनि हाम्रा सबै आफन्त र विशेष गरी आलोक दाजुलाई पनि।
क्रमश...
Read Full Discussion Thread for this article