Posted by: nakkali keti December 9, 2008
Login in to Rate this Post:
0
?
मेरो बाल्यकालसँग धनकुटाको गहिरो सम्बन्ध छ। म त्यस्तै १,२ क्लासमा
पढ्थें, बाल संसार बोर्डइङ स्कुलमा। अहिले त्यो स्कुल छ कि छैन थाहा
छैन।बिहीवार सेतो uniform लगाउनु पर्थ्यो। सेतो जुत्तामा फोहोर लाग्दा चक
दल्न त्यहीँ सिकेको।
४५ साल को भुइँचालो जाँदा हामी त्यही थियौ। भुइँचालोमा घर झोलुङो जस्तो हल्लाएको हिजै जस्तो लाग्छ। माथिबाट माटो, इटा बर्बर झर्दै थियो। बुवा, ममिले अर्को कोठाबाट खाट मुनी पस भनेर कराउनु भयो। मेरो २ वटा दाई र म खाट मुनी पस्न खोजेको कहाँ बाट सक्नु। खाट मुनी त suitcase नै suitcase रहेछ। चियाउन मात्र पाइयो। पछी भुइँचालो सकिएपछी बाहिर निस्कियौ। धन्न हामी कसैलाई केही भएन। सबको घर सोत्तर भएको थियो। मान्छेहरु रुदै, कराउदै, भागा भाग, दौडा दौड। त्यो बेलामा नर्क भनेको यस्तै हुन्छ होला जस्तो लागेको थियो। भदौको दिन गर्मी थियो। कोही कोही लोग्ने मान्छेहरु त बुढीको म्याक्सी लगाएर निस्किएका थिए। पछी हामी माथ्लो कोप्चे सर्यौ। तल चाइँ घर वालाहरुको कपडा पसल थियो। फेरी भुइँचालो आउँछ भनेर हामी २०,२५ जना मान्छे त्यही पसलमा एक हप्ता जस्तो सुत्यौ। पछी भुइँचालो पिडितहरुलाई राहत सामाग्री हेलीकप्टरबाट ल्याउँथ्यो। हेलीकप्टरको आवाज सुन्ने बित्तिकै हामी माथ्लो कोप्चेबाट गुटुटु दौडेर टुँडिखेल पुग्थिम, हेलीकप्टर हेर्न। प्याराफिटमा बसेर हेलीकप्टर उड्ने बेलामा मान्छेहरुको टोपी उडाको हेरेर मरी मरी हाँस्थिम।
बदाम, सुन्तला, उखु, सरिफा, अंबा त कत्ती कत्ती। एक चोटि मैले बदाम र सरिफा धेरै खाएर two way non spot भयो अनी त राता रात hospital लग्नु परेको थियो।
बिहिबारे हाटको चाहल पहल, सल्लेरी बनको सुबाश, रानी बनका एैसेलु, रानी बनमा समातेका गंगटा, उत्तरपानी को नमिठो बोझो, हिलेको पिरो थोक्पा सबै स्मृतिमा ताजै छन र सधैं रही रहने छन।