हरिशरणम्!
ब्यान ब्यानै देखुन क्यारम क्यारम भईराछ आज किन हो कुन्नि? जाड्जाडो लाइराछ...हुन त मउँसिर पनि सिद्दिन
लाओ पुष लाएसि जाडो नभ'र उखरमाऊलो हुन्छ त? मेरो सुद्दि नि कइलेकाइँ कता हराउँछ कता!..हराउन नि
हराओ कठै मेरो बैँश, तेसै तेसै तेसै उफ्रम उफ्रम हुन्तो बैँश छँदा। बर्खामा झरिले गोठको छानो निथ्रुक्क भिजाम्दा नि
तरुनिले न्वा जस्तो लाउथो। चुक घोप्ट्या जस्तो अँधेरो नि पल्ला गाउँले बाटुलीले ला'को गाजल जस्तो लाउथो, अइले
यि, तेइँ झरि परो भन्देखुन पनि यो बर्खा धान्दिन कि जस्तो लाउछ। अँधेरो भओ कि बैकुन्ठपूरि पुइसकेँकि जस्तो
लाउछ!बैकुन्ठपूरी नि मजाको ठाम हो गाँठे,उइले कुन बखत हो शहर जाँदा आफ्नु सुरुवाल भिज्ला जस्तो हुँदा नि मर्न
नसक्या डाइबरले बस नरोकेर बल्ल बल्ल बैकुन्ठपुरी भन्ने ठाममा रोक्या थ्यो,तो क्यारि बिर्सम्ला र
मैले?...बिर्सिन नि आजभोलि भुसुक्कै हुन्छु म,कइले लौरो बिर्सेर घुँडो काम्छ, कइले चस्मा बिर्सेर नानि बाबु
खुट्ट्याम्दिन,कइलेकाइँ त भात खाने बित्तिकै केट्केटिलाई भात ख्वाएनन भनेर सराप्नु पुग्छु, यो सुद्दि क्यार्न एस्तो
भा होला मेरो? बुडो भ'र एस्तो भा भनेर मर्दैथ्यो त्यो राँगे साइँलो, तेसको सत्तेनाश हुनि, बुडो भन्छ,तेल्ले डेग
चलाउन नसक्ने भारि अझै यो ज्यानले उचाल्छ तेसका मुखमा किरा पर्या!...किराले यो बर्ख बोडि नि सखापै पारो,गोडा दस पन्द्रेक सए रुप्पे आम्थो बेचबिखन अर्दा तो नि घाटा लाओ। अब त यि बेचम भन्देखुन एइ ज्यान छ तो नि कल्ले किन्नु? तरुनाले तरुनि ताक्छन, तरुनिले तरुना ताक्छन,ए लौ लौ बुडिखाँडि त होलान नि भन्न भ'न धर्मखुसक्या बुडो बनेर गामबाट लखेटे भन्देखुन कता जानु!...अब कता जानि कुरो गर्नु, उमेरले चौरासि टेकिसको। भुराभुरिले जन्मदिन भनेर चिरिबिरि गर्दै थे,के के ल्याइद्या रेछन्, चश्मा, लौरो के के जिनिस हो के के। एसो गुँदपाक, पेडा कोइ असत्तिले नि ल्याइदेन। बरु तो दाँत चइनि मजाको लाओ,हन ए केट्केटि हो तो ला'र जन्तेबाख्रो चपाम्न मिल्छ? भन भन? लौ लौ मिल्ने भ' एको मेलोमेसो मिलाम, मासु मुखाँ नपर्या नि गोडा दशेक बर्ख भओ होला,यो नयाँ उमेराँ नयाँ दाँत ला'र केइ त गर्न परो!"
सपैले शुभकामना द्या रेछन, लु सबैलाई धन्देबात् सबैको भलो होस् , खुसि लाओ गाँठे! एई थोतो गिजा देखा'र भ' नि हाँसिराछु क्यार्नु रोएर काम कइलेइ चलेन।
लु सबै हाँसि खुसि हुनु!
हरिशरणम्!