Posted by: Rahuldai December 5, 2008
जीवन चक्र
Login in to Rate this Post:     0       ?        

सेरिअल जी ( लहरे जी)
एउटा गीत छ नि लहरे-

प्रतिक्षा गर मेरी मायालु, समयले मनिसलाई कहाँ कहाँ पुर्‍यौछ।

कहिले हसाउछ, कहिले रुवाउंछ। आसु र हासोको संगम पनि गराउछ।

यस्तै हो, तर यस्ता दु:ख अरुले भोग्न नपरोस यही कामना छ।

नयनी जी,
मन छुन सकेकोमा आफ्नो लेखाइ केही हद सम्म सफल भएको मानेको छु। यो कथा लेख्नु को उद्देश्य त्यतिबेलाको काठमाडौ को शयर पनि गराउनु थियो।

रिट्ठे जी ,
हो सत्य घट्ना मा आधारित कथा हो यो। दोहरी साँझ, आर्मेनियन चर्च, रिट्ठे, रिकुटे, पूण्टे दाई, पर्बते पनि असली नै। राजेश हलुवाइ र म्युजियमा को कथा पनि सत्य नै।

ओबामा जी,
सत्य मेरा लागि तितो नै भए , तितो नै भोगें, तितो नै पोखें।

बिस्टे जी,
यस्ता मार्मिक तथा धार्मिक कथाहरु टोल छिमेकमा धेरै हुन्छन। टिपन टापन गरेको हुं। टिप्पणी को लागि आभारी छु।

पर्बते गुरु,
कथामा पर्बते गुरु को नि नाम आएर मुटु छोयला कचिला त भाको होइन? छोटो कथा छोटो ब्यथा। त्यो भन्दा बढी लेख्नु नै के थियो र। धेरै रुवाएं रे भन्ने गुनासो यस अघी सुनी सकें। आफु रोउंला तर अरु रुवाइन्न।

चेली जी,
हो यही नै जीवन चक्र हो। अन्जान, बदनाम , गुमनाम जीवन भन्दा त टालेको पाइण्टले चियाएको जीवन नै जीवन्त लाग्छ मलाई।

सितल जी,
राजेश हलुवाइ रोए कि रोएन मलाई थाहा भएन। म भने रोएं नै। धेरै चोटि । हो असमानता भन्दा नि धन को तुजुक हुनेहरु को व्यबहार यस्तै हुन्छ, त्यो पनि रातारात धनी हुनेको।

नेपाली ठिटा जी,
राम्रो लागेकोमा आभारी नै छु। प्रयास हो, सफल भए जस्तो लाग्यो।

हर्कबहादुर जी ,
केही भन्नु पर्दैन। रसाउने आँखाको भाका नै काफी छ। आशु को मोल त रुने आँखालाई पो थाहा हुन्छ, होइन र ?

 

Read Full Discussion Thread for this article