Posted by: serial December 5, 2008
फेरी उसको याद आयो
Login in to Rate this Post:     0       ?        
अन्तिम भाग

ऊ मुसुक्क हाँस्दै म तिर आइ। कस्तो भयो त एक्जाम मैले सोधे। अँ ठिकै भयो अनी तिम्रो त राम्रो भयो नै होला किन सोध्ने है बेकार्मा भनेर हाँसी। कसरी थाहा भयो तिमीलाई अचम्म माने जस्तो गरे मैले। तिम्रो नभए कस्को हुन्छ ऊ त्यस्को हुन्छ त भनेर सन्देशलाई देखाउदै हाँसी। कस्तो राम्रो थियो हाँसो उसको। म पनि ऊ सँगै हाँसे।
अनी के छ त प्लान - के गर्ने अब, मैले कुरा अगाडि बढाएँ कम्प्युटर त्रेनिङ गर्नु पर्ला, इन्स्टिटुट जोइन गर्छु म त, हाम्रो ग्रुप सबै एकै ठाउँ मा जोइन गर्ने, अनी तिमी नि भ्नेर सोधी  
मैले खोइ केही सोचेको पनि छैन भने

अनी मैले कुरा निकाले, अस्तिको कुरा को जवाफ छ हैन आज तिमीसँग। ऊ थाहा नभए जस्तो गरी के कुरा भनी। अब त्यही क्या, चिट्ठी को कुरा मैले सम्झाएँ। अँ त्यो कुरा भनेर सम्झे जस्तो गरी अनी मेरो हात तानेर एक कुनामा लगि। मैले धेरै सोचे हाम्रो बारे, तिमी पढ्ने मान्छे पनि हो, तिमी मलाई पनि राम्रो लाग्छ, रमाइलो पनि छौ, तर मैले तिमीलाई एउटा साथी को रुप मा मात्र हेरेको छु, वि क्यान बि गूड् फ्रेन्ड भनेर मेरो चिट्ठी फिर्ता गरी अनी गइ।  मुटु टुक्रा टुक्रा, धुजा धुजा भयो, छोयला कचिला भयो। ठुस्स मुख लाएर सन्देश को अगाडि पुग्दा उसलेबुझिहाल्यो, मैले केही भन्नै परेन। अब उसको कुरा सुरु भो - छोडदेउ यार एस्ता हरुलाई, भाउ नै बढी, कती आउछ कती जान्छन्, अब चाँहीआनन्द भो, लोभ पर्या भए धुमाउने, खुवाउने, गिफ्ट अनी त्यसमाथि टाईम कम्ता खर्छ हुँदैनथ्यो होला त, लूक अन द ब्राइट साइड यो सबैकुरा को बचत भो। हुन त त्यती राम्री पनि होइन के त्यो पनि, त्यो भन्दा कती राम्री छ छ यो दुनियाँ आफुलाई त नो पिर सिर भन्छ। तँ सँग पनि तैले जाँचमा देखाउछ भनेर साथी भएको होला के बुझिस्, यो केटी हरु को धेरै संगत गर्नु हुँदैन बुझ्या हो, मतलबी हुन्छन् यिनिहरु, आफ्नो काम फत्ते भएपछी त बालै नदिने, खुब राम्री सम्झेकी होली नि, मेकअप लगाएर मात्र अली राम्री देखेकी के, फेरी मलाई ऊ हाँसेको पनि इरिटेटिङ लाग्थ्यो सुनिस्, कोइ त्यसरी नि हास्छ, कहिले नोटिस गर्या छस् ऊ हासेको त हाइना हासेको जस्तो पो छ त भनेर हाँस्न थाल्यो। एक्छिन पछी ऊ पनि शान्ता भयो। तँ किन चुप नि, मलाई त केही भा छैन तिमीलाई किन पिर भन्दै मलाई सम्झाउदै थियो। उसलाई के था यो मेरो मनमा कत्रो आँधी बेरी चलिरहेको छ, भनेर।  

त्यस्पछी मेरो र उसको भेट दुई तीन चोटि भयो। अली लामो कुरा भएको दिन चाँही फेरवेल पार्टी मा नै थियो। हामीले आफु के पढ्ने र कहाँ पढ्ने भन्ने कुरा गर्यौ। ऊ त ईन्डिया पढ्न जाने रे। मैले नपाल बाटै +२ सकाएँ। ईन्डिया बाट १२ सकाएर आएपछी पनि ऊ सँग मेरो भेट भयो, एती बेला सम्ममा हामी मिल्ने साथी बाट हाइ हल्लो सम्म मात्र पुगिसकेको थियो। पछी मैले ऊ अमेरिका पढ्न गयो भनेर सुने, म चाँही नेपाल मै अर्को तीन बर्ष अड्कीएँ। अहिले म पनि एही छु आको पनि धेरै भसक्यो तर यि ७-८ बर्ष मा हाम्रो केहिलेनी भेट भएन, मलाई एती थाहा छ कि ऊ भर्जीनिया तिर छ भनेर। तर अचानक मैले एतिका दिन पछी  उसलाई देखे दुई महिना अगाडि भर्जीनिया मै। एउटा स्टोर मा म समानकिन्दै थिएँ, मैले उस्लाई देखे - हो हो जस्तो लागेर मैले नाम लिएर बोलाएँ, ऊ फर्की, तर नचिनेको जस्ती गरी मलाई। मैले परिचय दिएँ, अनी चिन्या जस्तो गरी - चिन्यो त चिन्यो होला तर जस्तो चाँही गरी। हामी बिच भलाकुसारी भयो - ऊ मास्टर गर्दै रैछ। उसँग एउटा केटा थियो - उसले चिनाइ बोय्फ्रेन्ड भनेर - केटा चाँही खासै राम्रो थिएन - मनमनै सोचे के मन पराको हो एस्तो लाई। अब मन परेपछी कस्को केलाग्छ र। एती पछी पुरानी खाउ फेरी बल्झियो, फेरी मुटु चसक्क दुख्न थाल्यो। बिर्सिसकेको थिएँ उसलाई तर आज ऊ फेरी याद आयो, त्यो समय याद आयो, त्यो माया याद आयो, आज फेरी मलाई उसको याद आयो.. ......

समाप्त

Last edited: 05-Dec-08 04:32 PM
Read Full Discussion Thread for this article