लहरे जी ,
हामीले देखेको भोगेको काठमाडौ त्यस्तै थियो। धौ बजी लिन जानु, आस पास, तेलकासा खेल्नु , गुच्चा को अनेक खेल मा झेल गर्नु बाहेक बाल्यकाल थिएन। शिक्षा पढाई स्कूल आदी त गाउँ बिषय थिए।
क्रेजी जी,
राजेश को अवस्था बारे त्यती ज्ञान भएन। धेरै अघी नै अम्रिका भासिएको हुंदा ध्यान पनि गएन। कथा राजेश हलुवाइ को होइन, कथा काठमाडौ २०३०-३५ को हो यो।
ओबामा जी,
अर्को भाग पनि छिट्टै राख्ने छु। पुरानो घाऊ कोट्याएको हुं, दुख्न पनि सक्छ।
नेपालीबाबु जी,
शहर होस् या गाउं, बाल्यकाल को संझनाले सधैं रोमान्चित गर्छ नै। ती स्वर्णिम दिनहरु फेरी आउदैनन। अहिलेका बालकहरुले त्यो प्राकृतिक हावा पानी पनि पाउदैनन।
बिस्टे जी,
अघिल्लो भागमा तपाईंको टिप्पणीलाई टिपोट गर्ण सकिन , क्षमा प्रार्थी छु। एकमुष्ठ धन्यवाद। राजेश हलुवाई मात्र प्रतिनिधि दौतरी हुन। सत्य त त्यो बेला को काठमाडौ र राहुले ले भोगेका पापड र झापडहरु हुन।
चिप्ले जी ,
राहुले को बाल्यकाल अझै पुरातन काल मा थियो। कोक आएको थिएन, भोक मात्र थिए त्यती बेला। १ पैसा मा ५ वटा पिपलामेट, १ पैसा मा साकसला, २ पैसामा लत्यापा: को जमाना थियो। पानी बरफ २ पैसा, खुवा बरफ ३ पैसा ।
रिट्ठे जी ,
कृपया क्रेजी जी माथिको टिपोट पढ्नु होला।
मार्सल जी ,
अचेल धौबजिको चलन धेरै ठाममा हराइ सके। कतै कतै अझै "हे मस्त धौ:बजी का वा: " भन्ने आह्वान सुनिन्छ नै। बाल्यकाल याद आउछ, संग संगै दु:ख सुख का दिनहरु।
सितल जी,
यो कथा सुरु गर्नु को उद्देश्य राजेश हलुवाई को उतार चढावलाई चिरफार गर्नु थिएन, गर्नु पनि हुन्न होला। राहुलेको ब्यथा लेख्न खोजेको हुं।