Posted by: chipledhunga December 4, 2008
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Login in to Rate this Post:     0       ?        

काँ मर्या हून् सबै। लौ नारायण दाई दिवस हो क्यारे, अघि भन्या गीत टाइपिहालूँ न।

आज भोलि हरेक साँझ रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

मन्दिरमा बसेर पिएँ मसानमा लडेर पिएँ
हाँसेर पिएँ नाचेर पिएँ
पिउँदिन पिँउदिन भन्दै पिएँ
आज भोलि जिन्दगानी मात्तिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ

रहरै रहरमा पिएँ बिवश भएर पिएँ
सुखमा पिएँ दु:खमा पिएँ
एकान्तमा कहिलेकहिँ रुँदै पिएँ
आज भोलि जिन्दगानी छोट्टिन थालेछ
जिन्दगी देखि जिन्दगी आत्तिन थालेछ
 

Read Full Discussion Thread for this article