Posted by: serial December 3, 2008
फेरी उसको याद आयो
Login in to Rate this Post:     0       ?        

सक्यो यार एस.एल.सी कस्तो भो तेरो एक्जाम? मैले बाहिर आउने बित्तिकै सोधे।
के हुने, मेरो त सोलिड भयो यार - जुन जुन कागज खल्तीमा हालेको थियो सबै आन्सर त्यही थियो, आजको दिन त लक्की छ यार मेरो लागि, ऊ दङ थियो। अनी के गर्ने त अब, क्वेश्चन पेपर खल्तीमा हाल्दै सोधे? के गर्ने रे - अब दुई तीन महिना मोज गर्ने नो पढाई नो टेन्सन, चुरोट मुखमा च्यापेर बाल्दै भन्यो मलाई सन्देशले।

सन्देश मेरो एक्दमै मिल्ने साथी। पढाई चाँही खत्तम फेरी एस्त्रा करिकुलर आक्टिभिटिज मा सधैं अगाडि भन्या मतलब हा हु गर्ने, झगडा गर्ने, केटी जिस्काउने, चुरोट खाने, क्लास बँक गर्ने, आदी इत्यादी। अहिले सम्म तीन चार चोटि लभ परेर पनि त्राजिटी परिसक्यो। जाँच जहिले नि म सँगै पर्ने - कसरी भनेदेखी अल्फाबेट अनुसार रोल नम्बर छ अनी कि ऊ अगाडि पर्छ कि त पछाडि। अनी सबै सार्यो मेरो अनी जहिले नि पास। म जस्तो साथी पाउनु पनि पुर्पुरो मा लेखेर आउनु पर्छ के - एकचोटी त एस्तरी सार्यो कि मेरो भन्दा उसको नम्बर बढी भन्या, कस्तो सारेको होला। यो त भयो उसको परिचय, अब ब्याक टु द कन्भर्सेसन --

कहाँ हुन्छ यार, घर बाट बाहिर जान केही काम त चाहियो। दिनदिनै यता जान्छु, उता जान्छु भनेर पठाउदैन मलाई, मैले साँचो कुरा भनिदीएँ उसलाई। मेरो त टेन्सन छैन यार, बाउ घर पुग्नु भन्दा अगाडि पुगे पुग्छ, बाउ कहिले पनि नौ नबजी घर छिर्दैन अनी ८ बजे सम्म पुर्यो भने रिल्याक्स छ मलाई, ऊ धुक्क थियो। तेरो पो रमाइलो छ मेरो त हुँदैन केही उपाए नलाइकन - नत्र त्यही हो जहाँ जानु छ, जे गर्ने छ सबै तैले गर्नु पर्छ, म त केही गर्न सक्दिन, मैले पनि भएको कुरा भन्दे। त्यसो भनेर कहाँ हुन्छ, तिमी भएन भने त बोरै हुन्छ, अनी सिम्रन सँग जवाफ माग्नु पर्छ नि - त्यो चाँही कल्ले माग्छ त।

सिम्रन हाम्रै क्लास मा पढ्छे, ३२ गुण ले युक्त, बिउटी विथ ब्रैन। पढाई पनि राम्रै छ, टप फाइभ भित्र जहिले नि पर्ने, राम्री पनि अत्ती राम्री, भनेर साध्य नै छैन, ठुला ठुला आँखा, कालो कपाल, स्याउ जस्तो गाला, कस्तो मिलेको अनुहार, हेरिरहु जस्तो लाग्ने। जाँचमा ऊ पनि मेरो अगाडि वा पछाडि हुने अनी आफु परियो दयालु अनी एसो देखाइदिन्थे, त्यही भएर पनि होला म सँग ऊ मिल्थ्यो। अरु केटाहरु सँग भन्दा म सँग अली बढी नै बोल्थ्यो, जिस्किन्थ्यो पनि, कहिले काही खान पनि ल्याउथ्यो क्लासमा मैले पकाको एसो टस्ट गर भनेर। राम्री मान्छेले बनाको खाना पनि मिठै हुन्छ नि होइन र। अनी सन्देश म सँगै जहिले नि हुने भएकोले ऊ सँग पनि हाइ हेल्लो हुन्थ्यो।

मनमनै म मनपराउन थालेको थिएँ सिम्रन लाई तर भन्न सकिरहेको थिएन, उसको साथ, समय मनपरिसकेको थियो मलाई, एस्लाई एसरी पनि भन्दा हुन्छ होला --

मनमनै मनपराइ सकेछु
थाहै छैन मनैमा लुकाइसकेछु
अचम्म यो ढोका कोही आइसकेछ
लुकी लुकी नानी हरुले चियाइसकेछ।।।।।

एस्तो हाल थियो मेरो। तर त्यो मोरो सन्देश त यो केटी मलाई मनपर्‍यो यार, मसँग कुरा पनि गर्छ, उसले पनि मन पराइराखेको छ जस्तो छ पो भन्छ बा। मलाई केही थाहा छैन, आइ वान्ट हर गर्छ - उसलाई सिम्रन चाहियो रे, उसकै बउको सम्पत्ती जस्तै। जती सम्झाउदा नि नहुने। एक दिन म सँग प्राइभेट कुरा गर्नु छ भन्थो, के कुरा भनेको त एउटा लोप लेटर लेख्नु पर्‍यो रे सिम्रन को लागि, तिम्रो अक्षर राम्रो छ, तिमी नै लेखिदेउ एउटा प्रेम प्रत्र रे ल भयो त। मान्ने त कुरा आएन नि है - आफ्नै खुट्टा मा बनचरो हान्ने त कुरा भएन। फेरी जिद्दी पनि कती सारो, उसको काम कुरो नगरे सम्म त किचकिच गरिराख्ने। आखिर मा मैले लेख्नै पर्‍यो प्रेम पत्र, आफुले मन पराएको मान्छे लाई अरुको नाम बाट कसरी लेख्ने , धर्म संकट मा परे म।  

क्रमश:

 

Read Full Discussion Thread for this article