Posted by: Rahuldai December 2, 2008
जीवन चक्र
Login in to Rate this Post:     4       ?         Liked by

जीवन चक्र

घट्ना २००८ मे महिना को ३ तारिक हो। सझा चौतारिका मित्र एवं छिमेकि पर्बते मार्सबका  साथ लाँघाली समाज न्यू योर्क द्वारा आयोजित दोहरी साँझ हेर्न न्यू योर्क तिर गएका थियौं। चौतारिका अर्का अबतारीहरु पूण्टे दाइ एवं रिट्ठे संग संगै प्रतिभाशाली रिकुटे समेत भेला भै मेला भर्न आर्मेनियन् चर्च स्थित समारोह स्थलमा पुग्यौं।

दोहरी, नाच, गीतको कार्यक्रमको सिलसिला सुरु भयो। काठमाडौं देखि आउनु भएका दोहरी गायिका शिला आले, पप गायक क्रान्ति आले को सुमधुर दोहरी तथा पपगीतहरुले माहौल संगितमय हुंदै थियो। हल बाहिर म:म:, सेलरोटी, आलु, बिर्यानी को पकवानको वासनामय वातावरण लाई रम, ह्विस्की, वाइन अनि बियर को अथाह प्रबाहले त्यो साँझ मात्तिदै थियो। साँझ संग संगै मात्तिने तरुण तन्नेरिहरुको बाक्लो जमात हल भित्र भन्दा बाहिर झमझमाइरेका थियो। पिउने पिउदै थिए, जिउने जिउदै थिए। 

 

त्यही भीड भित्२२ बर्ष पछिसाथी पनि भेट् भयो। बियर माथी अर्को बियर थपिंदै गए। संयोगले २१ बर्ष पछि अस्कलमा संगै पढेका मित्र भेट् भयो। वातवरण पुनरमिलनिय भयो। त्यहि भिड भित्र एक  जना चिने चिने जस्तो लाग्ने दौतरी देखियो। सोमरसको प्रतापले आफ्नो शरीर बसमा राख्न नसक्ने उक्त भलादमीले मलाई नै हेरि रहेको जस्तो लाग्यो। पक्कै पुरानो चिनजानको  मान्छे हुनु पर्छ, मैले निर्क्यौल गरें। संभवत उहाँलाई नि त्यस्तै लाग्यो। म नजिक आए र भए,

"तपाईलाई चिने चिने जस्तो लाग्छ , तपाईको घर् बसन्तपुर् हो ?"
 
"हो, गणेशस्थान नजिक कै।"
"तपाई नि ?"
 
"म पनि त्यतै को, म राजेश -हलुवाई।"

"ओह, म राहुल।"

तपाईं बाट तिमीमा हाम्रो वार्तालापको रुप झरि सकेको थियो। कहिले किन आएको आदि इत्यादि औपचारिक कुरा लर्बराएको लवजमा आधा अंग्रेजी आधा नेवारीमा सोधे। रक्सी शरीरमा मात्र होइन मस्तिष्कमा पनि पुगिसकेको स्पष्ट देखिन्थ्यो।

 "लाइफ खत्तम भो यार। सब खत्तम भो ।"
 
"किन कसरी ? २५ -३० बर्ष भएन र यहाँ आएको ? लाइफ त सेटल भैसकेको होला नि? घर परिवार, काम दाम।"
मैले नि जिज्ञासा पोखें।

"सब खत्तम भो। बोक्सीले  छोडेर गई। घर कार सबै लिएर गई।"
 
त्यो भन्दा बढि खोतल्नु ठिक लागेन। मैले अपसोच मात्र जताएं।

"यार, एक पेग ह्विस्की पिलाउ न, २५ बर्ष पछि भेट् भाको ओकेजनमा। सबै पैसा सकियो भने।"
 
५ डलर को १ पेग, किनी दिएं। थ्यान्कू यार, भन्दै एक सासमा नीट घुट्काए।

"एक् पेगले घाँटी नै भिजेन अर्को एक पेग लेउ न यार।" लर्खराएको पाइला, लर्बराएको बोलीमा उ निश्चिन्त निसन्कोच माग्दै थियो।

धेरै बहस गर्नु ठिक थिएन, मैले हस भन्दै अर्को पाँच ड्लर निकालें। अब यो मित्र संग जति धेरै बस्यो त्यति नै आफ्नो खल्ती रित्याउने गल्ती गर्नु हुने छ , मन मनै सोच्दै त्यहाँबाट फुत्किने उपाय खोजें।
"मलाई एउटा चुरोट तान्न मन लाग्यो, बाहिर गएर आउछु है।"
 
"चुरोट खानु हुन्न, फोक्सो कालो हुन्छ" अर्ति दिदैं थिए, म लम्कि हालें।

भित्र हलमा नाच्नेहरु छम छम् नाचिरहेका थिए। बाहिर झमझम पानी परि राख्या थियो।

चुरोट को धुंवा संग संगै स्म्रिति पटलमा राजेश हलुवाई नाच्न थाले।

क्रमश:

Read Full Discussion Thread for this article