Posted by: fucheketo November 28, 2008
मनोजले छोडेको कथा
Login in to Rate this Post:     1       ?         Liked by

हुन त म साझा वासिको माफिको लायक चैन तर पनि कामै काम ले घेरिएको यो कर्मचारिको पन्ध्र दिने बिदा स्विक्रित हुन्छ भन्ने आशाका साथ पढिदिने र सुझाव दिनेहरुलाई धन्यवाद दिँदै !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

मनोजले छोडेको कथा

 

खाना पछि गाडिको गुडाई एकनासे र निरस हुँदै गयो मानौँ गाडिलाई अरु कसै सँग केहि मतलब छैन उ मात्र दौडिन चाहन्छ एकनासे बेगमा , सुसेलिहरु पनि थिएनन् गाडि सँग किनकि बाटो निर्जन र एकनासे थियो र त्यो एकान्त मलाई म सँग मात्र सुधा रहेको भान दिइरहेको थियो । सुधा शायद निदाएकि थिई घरि घरि उसको कोल्टे फेराईले उसका छरिएका रेशमि कपालको स्पर्शले मेरो आंग जिरिङ्ग जिरिङ्ग बनाउने बाहेक उ केहि पनि गफ गरीरहेकी थिईन । शायद उ सपना मा हराईरहेकी थिई म भने म हराएको धरातल चाहिँ सपना हो की बिपना निर्क्यौल गर्न मा ब्यस्त थिएँ ।

अचानक गाडिको चर्को ब्रेक ले सुधा हुत्तिई अघिल्तिर अनि झसङ्ग भएर बिउँझिई म थोरै हाँसे ।

"कस्तो मान्छे होला अरुको टाउको ठोकिँदा पनि हाँस्ने ?" सुधा यो यात्रामा पहिलो चोटि झर्किई पनि !

मलाई थाहा छैन त्यो मलाई मात्र भईराखेको थियो वा सबै लाई हुन्छ तर मलाई उसको झर्काई पनि मन पर्यो ।

"के भएको अरे ?" गाडिमा अघिल्तिरका सिटका यात्रिमाध्ये एक भने गाडि रोकिनुको कारण पत्ता लाउन ब्यस्त देखिन्थेँ ।

"अगाडिको गाडि डकैति भयो रे ,ड्राईभरले गाडि हुईँक्याएर लैजान खोजेको गोलि चलेर ड्राईभर नै घाईते छ अरे !" बाहिरको मान्छे ले जवाफ दियो ।

"लौ फसाद ! बन्द मा परियो जस्तो छ !ति माथि यो त यातायत वालाको पर्यो अब सरकारले क्षतिपुर्ति कहिले दिने हो !" सुधा चिन्तित देखिई ।

मैले घडि हेरेँ रातको करिब दुई बज्न आँटेको थियो । ठाउँ पतलैया रहेछ ।मेरो रहर वा आवेगको गाडिमा कुनै असर नपर्ने हुनाले म मा कुनै किसिमको भाव परिवर्तन देखिएन !

 

"के हो निदाउनु पर्ने बेलामा ननिदाएर अहिले निदाएको हो तिमी ?" मेरो भाव परिवर्तन नहुनुमा भने सुधा आश्चर्यचकित भई ! म उसलाई कसरी बुझाउँ म सँग कति धैर्यता छ भनेर , त्यस माथि यो पल्ट त धैर्यतामा स्वयँ उसको साथ थपिएको छ , म लाई त गाडि नखुलेकै ठिक छ ।

"जौँ हिँड बाहिर , गाडिमा बस्दा बस्दा खुट्टा कुँजिई सक्यो !" मैले प्रसङ्ग बदलेँ उ चुपचाप बाहिर डोरिई ।

बाहिर शित परेर होला मौसम चिसो थियो ।उसले अझै पनि ओढ्ने लाई कसेरै पक्डेकि थिई । हुन त मैले पनि त्यो ओढ्ने मा ईर्ष्या गरेर केहि फाईदा छैन । गाडि देखि थोरै पर को चिया पसल बिस्तारै बिस्तारै घुईँचिँदै थियो । हामी पनि त्यतै तिर लाग्यौँ । धेरै को गफ यस्तो माहोल मा राजनैतिक अस्थिरता माथि हुनु स्वभाविक थियो , अरु बेला भएको भए म पनि दुई चार वटा देश पछि परेका कारण हरुमाथि आफ्नो भाषण छाँटेर त्यहाँको खरो बक्ता भईदिन्थेँ होला तर अहिले मेरो त्यसो गर्ने मन पक्कै पनि थिएन , म चुपचाप दुईवटा मुढा लिएर त्यो भिँड बाट छुट्टिएँ । एकछिनमा च्यात्तिएको सर्ट र हाफ पायन्टमा एउटा फुच्चे चिया लिएर आयो ।

 

"आज थुप्रै कप बिक्रि हुने भयो मस्ति हुने भयो तेरो !" मैले उसलाई जिस्क्याएँ । उ खिस्स हाँस्यो रातको निष्पट्टता मा मैले छुट्याउन सकिन तर उसको दाँत पहेँलो नै हुनुपर्छ ।

"बिचरा।।।।।।।त्यसको लवाई हेर , अझ तिमी उसलाई जिस्क्याउँदै छौ ! तिमी पटक्कै भावुक छैनौ , आफ्नो कथा जत्ति पनि छैनौ !"

"यो म माथिको गुनासो हो कि यसलाई मेरो कथाको तारिफ सम्झिउँ ?"

"जे सम्झ त्यो सत्य हो !"

"सत्यका दुईवटा पाटा हुन्छन् सुधा ,तिमी जे गर्न सामर्थ्यवान छैनौ त्यसमा सत्य खोज्न थाल्यौ भने विवश देखिन्छौ तिमी आफ्नै अघि !"

"भन्नाले ?"

"म मा उसको जीवन परिवर्तन गर्न सक्ने क्षमता छैन भनेँ म उसलाई सहानुभुति पनि किन दिउँ ? गाडि आफ्नो ईच्छा ले गुडाउन सकिँदैन भनेँ रोकिएको ठाउँ माथि रिस किन पोख्ने ? यो एउटा तरिका हो जीवन जिउने तिमी मलाई जे बुझ !" मैले चिया को सुर्को ताने मरिचको तातो मेरो घाँडि छेड्दै भित्र छिर्यो ।

"शायद त्यो तिमी भित्रको कायरता बोल्दै छ !"

"तिमी जे बुझ तर म त्यस्तै छु !"

उ चुप लागी । छेवैको समुह अझै देशकै राजनितिमा अल्झिरहेका थिए ।

"तिमी नेपालगन्ज के का लागि जाने अरे ?"मैले कुरा लाई थोरै हलुका बनाउने प्रयास गरेँ ।

"अफिसकै काम हो !" उसले सटिक उत्तर फर्काई

"चिया कस्तो लाग्यो त ?" मैले उ तिर नहेरी जुत्ताको चुच्चोले भुईँ कोर्दै प्रश्न राखेँ , मलाई माटोमा कोरिएका आक्रिति हरु सानै देखि रमाईला लाग्छन् । सानो समयमा धेरै थरि जिवन जिएर मेटिन्छन् ति आक्रिति हरु !

"पिरो थियो !"

"जाडोमा खाने नै यस्तै हो !"

"थाहा छ मलाई जुन कुरा तिमी बदल्न सक्दैनौ त्यसैमा रमाउन सिक !" सुधा हाँसी । उसको मुस्कान पक्कै पनि हजार गुना त्यो चिया भन्दा मिठो थियो ।

मैले घडि हेरेँ तिन बज्न आँटेको थियो । गाडि हिँड्ने नामो निशान थिएन ।आकाश बाट तारा खस्दै थिएँ म भने आकाशलाई धन्यवाद दिँदै थिएँ हिजो नै खसेको ताराको लागि!!!!!!!

 

"तिम्रो बिहा भएको छैन है ?" एकछिनको मौनता पछिको सुधाको यो प्रश्नले मलाई चकित तुल्यायो ! उसले अघिनै मलाई किन यो प्रश्न सोधिन !

"तिमीलाई के लाग्छ ?" मैले पहिलो चोटि उसको मनसँग खेल्ने मौका पाएँ ।

"खोई कथामा त धेरै चोटि लेखेको छौ पतिपत्निको बारेमा!"

"कथा सँधै सत्य कहाँ हुन्छ र !" मैले यति भन्दा उसले धेरै कुरा हरु बुझि होला

"पछि साँच्चै मेरो बारेमा पनि लेख्छौ ?"

"तिमीलाई के लाग्छ ?"

"मलाई आफु कथा बन्न लायक टपिक्स लाग्दैन ।"

"हरेक मान्छे मा एउटा कथा हुन्छ !"

"तिम्रो हातबाट लेखिने भएँ भनेपछि म !"

यसपालि भुईँमा हेर्ने पालो उसको थियो ।केटिहरु पक्कै पनि केटाहरु जति स्पष्ट हुँदैनन् । उसका अन्तिम शब्दहरुको आशय के थियो म त्यो खेलाउन ब्यस्त भएँ ।

"पछि हामी नजिकै छौँ , भेट त होला नी है !"

"तिमीले चाह्यौ भने !"

"मोबायल नम्बर देउ न त !"

मेरो मुटु यति जोडले धड्किरहेको थियो उसले नै सुन्लि भन्ने पिर भई सकेको थियो मलाई ! बन्द यिनै कुरा हरुका लागि हुन् भने नेपालमा बन्द सँधै हुन् ।

क्रमश:

 

 

 

Read Full Discussion Thread for this article