Posted by: chipledhunga November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

त्यही बेलाका अरु पनि टाँसिदिएँ है अरु कोही नबोलेको बेलामा।



ritthe [Subscribe]
Posted on 09-21-07 1:57 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
"२४-७ रिट्ठे "

बल्ल हाम्री उफ्रीले चाँही पारा ल्याइछिन हौ ।
चौतारीको एकमात्र राखवाला भन्ने कि चौकिदार भन्ने "म" (यहाँ 'म' भन्ने शब्दलाई 'रिट्ठे' भनी पारीभसित गरिएको छ । ) चौतारीमा आफ्नो दैनिक कार्यबाट भ्याइ नभ्याइ भये पनि चौतारीको अस्तित्व बचाउन २४-७ चौतारी नअiएको भये आज चौतारी झनै ओझेल मi परिसक्थ्यो !
सत्य तथ्य कुरा जनता सामु प्रस्तुत गरी अन्यौलको स्थितीबाट चौतारीकi सम्पूर्ण गाउलेहरू लाई मुक्त गर्दिनु भएको मा श्री श्री श्री ३ उफ्री ज्यु लाई हार्दिक धन्यवाद दिदै आजको हाम्रो ३ शब्द यही टुङाउछौ
जय चौतारी !

 


Birkhe_Maila [Subscribe]
Posted on 09-21-07 2:16 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
बिभिन्न चौतारीबासीहरुको टिप्पणीमा पुन: बिर्खे माइलाको ध्यानाकर्षण:

बिभिन्न चौतारिबासीहरु द्वारा आज चौतारीमा गरिएका टिप्पहरुमाथि हामिले चर्चा परिचर्चा गरेका छौ! प्रस्तुत छ उक्त चर्चाहरुको उल्लेख-

श्री राहुलभाई ठुल्दाईले बिभिन्न संयोगहरुको सम्भावनाहरुमा प्रश्न उठाउनु भएको रहेछ!

१) बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने?

संयोग या कारक जे भएता पनि, बिर्खे र चौतारीको सम्बन्ध आज चर्चा भएको प्रमूख बिषय-"नित्य कर्म" बाहेक अरु सम्पुर्ण कर्महरु संग छ। हामि चौतारीमा नित्य कर्म बाहेक अरु सबै काम गर्न रुचाउँछौँ र हामि हराएका छैनौँ किनभने जोइला जाने हाम्रो उमेर रहेन र पोइला हामिलाई कसैले लाँदैन!

२)बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने?

बियोग मानेर प्रयोग गरिहेरे हुन्छ। तर बिर्खै सुस्ताउनु र भउते हराउनुक पछाडि रहेका कारणहरु भने नितान्त फरक छन्। बिर्खे सुस्ताउनुमा बिर्खेको ढल्कँदो उमेर, गुम्दो नेत्र ज्योती, खस्कँदो कर्ण तागत तथा ओइलाउँदो घ्राँण शक्ती मुख्य कारक तत्छ छन भने भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्!

३)ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो?

ठुलि, छित्रे तथा कुम्ले यि तिनजना गाउँले हामि संग हराएका हैनन्। हामि एक्लै धुम्धुम्ति बस्दा समेत कुनै गाउँलेले हेर्न समेत नआएको तर सबैको अत्यन्त व्यक्तिगत हुने कुरा मलमुत्र त्यागको अवश्थामा भने हामिलाई सबैले घुरि घुरि हेरेको अवस्थामा हामि संग कोहि हरायो भन्नु अत्यन्त पुर्वाग्रहि कुरा हो।


सुश्री/श्रिमती(आशा गर्छु प्रथम सम्बोधन उपयुक्त होला) उफ्रि द्वारा कान्ला मुनि मौलाएको रायोको सागलाई बिर्खे ले खाएको ढिँडोको परिणाम देख्नु कदापि उचित नरहेको व्यहोरा हामि उल्लेख गर्न चाहन्छौँ!हामिले फैलाएको समाचार अत्यन्तै तथ्ययुक्त, दोषमुक्त तथा उन्मुक्त भएको कुरा जानकारी गराउँदै हामि यो पनि भन्न चाहन्छौँ कि,हाम्रो बैँश जाँदैमा सुन्दरीहरुले अनेकन आरोप लगाउनु व्यर्थ छ।हामि अझै पनि आजकलका उरन्ठेउला ठिटाहरुको भन्दा कयौँ गुणा बढि, बल, जोश, महत्वाकांक्षा, रोमांस र रसरंगि भावनाले ओत प्रोत भएका छौँ!

धन्यवाद्!

 


Read Full Discussion Thread for this article