Posted by: serial November 25, 2008
Login in to Rate this Post:
0
?
अहिले भर्खरै प्राप्त जानकारी अनुसार जिम्बाल भनिने बिर्खे बहादुर बोगटी चिन्ता ग्रस्त नभएको र चिन्ता गर्न लाएक को पनि नभएको बताइन्छ। किन त भन्ने सन्दर्भमा हिजो राती जिम्बाल को खाने पकाउने पाली थियो रे, अल्छि बुढो ले खान पकाउन नाइ नास्ती गर्दै थिए, यो क्रम ३ घण्टा सम्म चलेको जानकारी पनि गोप्य सुत्र बाट प्राप्त भएको छ। जती गर्दा पनि आफ्नो केही नलागी भात पकाए तर दाल मा चिनी हाले, तरकारी मा चिया पत्ती अनी अचार मा गोलभेडा फुटाउन पुगेको थियो। एस्कै कारण ले माइली बुढी को रगत प्रेसर अचानक नभै - एकैचोटि बढ्न पुगेको र एसबाट उनैको कोमल हात बाट जिम्बाल को टाउको फुटेको कुरा थाहा भएको छ। टाउको तीन किसिमले फुटेको छ, पहिले हान्ने बित्तिकै, दोश्रो दुई चोटि लगातार त्यही ठाउँ मा लाग्न पुगेर अनी तेस्रो हानेको तोरले रन्ठनिएर ढोका मा टाउको बज्रिन पुगेर। सोही दिन अस्पातल ल्याइपुराएर उनको उपचार भएको र हाल श्वासथ मा क्रमिक सुधार आएता पनि - बेला बेला मा तर्सिने, अनी खान नरुच्ने अहिले पनि छ। श्री पशुपती नाथ ले जिम्वाल को रक्षा गरुन।।।।।