Posted by: chipledhunga November 25, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

chipledhunga [Subscribe]
Posted on 09-21-07 11:30 AM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
यस्पाली चौतारीको धागो निक्कै फारो गरी चलाएछन गाउलेहरुले । भर्खर ५०८ पोस्ट मात्र पुगेछ । कत्ती इकोनोमी भ'का हिजो आज गाउलेहरु..

रिट्ठे, मेरो बिश्लेषण अनुसार त्यसका कारणहरु निम्न अनुसार छन्।

राष्ट्रीय कारणहरु:

१) माओवादीहरु सरकारबाट बाहिरिनु।
२) बुटवलदेखि तुलसीपुरसम्मको हालैको परिस्थिती।
३) नेपाल आयल निगमको आर्थिक स्थिती र त्यसको फलस्वरुप उत्पन्न अभाव।
४) नेपाल बायु सेवा निगमसँग जहाजको अभावले गर्दा अन्तराष्ट्रीय उडानहरु प्रभावित हुनु।

अन्तराष्ट्रीय कारणहरु:

१) विश्व बजारमा तेलको मूल्य आकाशिनु।
२) थाइल्यान्डमा बिमान दुर्घटना हुनु।
३) जापानका प्रधानमन्त्री सिकिस्त हुनु।
४) ताईवानको संयुक्त राष्ट्र संघको सदस्यता लिने प्रयास पुन: असफल हुनु।
५) भेनेज्वेलाको समय ३० मिनट पछाडि सर्नु।
छ) Eye-rackमा मर्नेहरुको संख्या दिनानुदिन बढ्नु।
७) अमेरिकामा housing market संकटग्रस्त हुनु।

चौतारीका आन्तरिक कारणहरु:
१) ठुलि तरकारी बेच्न ब्यस्त हुनु।
२) गोतामे तथा सान्नानी आ-आफना छोरीहरुको स्याहार सुसारमा ब्यस्त।
३) कुम्लेको कफी पकाउने उपकरणमा प्राविधिक समस्या उत्पन्न हुनु।
४) पून्टेको अधिकांश समय hair growth therapy मा बित्नु।
५) चना भक्तपुरबाट जुजु धौ लिएर फर्किंदा कोटेश्वरमा ट्राफिक जाममा फस्नु।
छ) दादागिरी सन्जुको यादमा भुल्नु।
७) दीप सिमाना काटी बेपत्ता हुनु।
८) साहूनिकी छोरीको खोजिमा कलंकीको विश्व भ्रमण
९) नक्कली तथा म्याद गुज्रेका औषधीको कारण मदन्वा आँफै सिकिस्त।
१०) दुर्गे भाउजु भान्सामा ब्यस्त हुनु।
११) बिद्यालयको छाना चुहिने समस्या लामो समयसम्म समाधान नभएकोले मास्टरनि नानीबाट पढाउने काम बन्द हुनु।
१२) ठुल्दाइको टिरेन छुट्नु।
१३) तिरुको औंलामा देखिएको प्राविधिक समस्याले गर्दा नेपालीमा टाईप गर्न असमर्थ हुनु। साँफेबगर (San Francisco) क्षेत्रका दक्ष चिकित्सकहरुको एक टोलिको अनुसन्धान अनुसार उनलाई टायरा भगवतिको प्रतिरुप मानि भक्तजनहरुले चढाएको पुष्टकारी अत्याधिक मात्रामा सेवन गर्नु नै उक्त समस्याको कारण भएको पत्ता लागेको छ।
१४) सोबर केटाहरुको खोजिमा सब्बु अन्यत्र जानु।
१५) नित्य कर्म गर्न जाँदा कान्लाबाट लडेर जिम्मालबा घाइते हुनु।

 

Read Full Discussion Thread for this article