Posted by: serial November 21, 2008
माया प्रेम अनी मेरो लहरी
Login in to Rate this Post:     0       ?        

मैले भनेको होइन है साची होइन - पिया हेरन के के भन्छ तिमीलाई  

खतरा रैछ त चौतारी मैले भने। एती मात्र कि अरु पनि कोइ छ मैले सोधे। छ नि किन नहुनु उसले एकछिन सोच्यो, अँ स्प्रिङ्ग भन्ने छ, नाम के भन न उसको बसन्ती रे क्या फन्नी के सोले को बसन्ती। यो अर्को जान्ने हो के लेख्दा खुरुक्क लेखेर टाँसे भइहाल्यो नि कलर गरेर टाँस्नु पर्ने पिन्क हो कि पर्पल कलर, अरु भन्दा इउनिक हुनु पर्ने कही नपार। फेरी केटी भएपछी एम टि.भी हेर्नु, भि यच वन हेर्नु, इ च्यानल हेर्नु - उस्लाई स्पोर्टस हेर्नु पर्ने सबै स्पोर्टस को बारेमा थाहा छ फेरी - त्यो यो त्यो त्यो भनेर। फिलिम को बारेमा नि सबै थाहा छ - हेर्न पनि कती सकेको। अनी मैले यो जस्तो च्याट गर्नु पर्ने केटी देखेको छैन ल, साझा मा च्याट बक्स नि छ है त्यस्मा दिनभरी हुन्छ - खुरुखुरु आफ्नो काम नगरि कन दिनभरी त्यही हुन्छ। अर्को मन नपरेको कुरा के भने नि - उसलाई मन पर्ने गीत हरु राखेर थ्रेड नै बनाइ के एसले, आफुलाई मन पर्ने भए आँफै सुन्नु नि किन हामी लाई पनि सुनाउ पर्ने - दिक्क लादो - एस्तो छ ताल हेर चौतारीमा।

Read Full Discussion Thread for this article