Posted by: pire November 21, 2008
बिहे गर्न नमान्दा कुटाइ
Login in to Rate this Post:     1       ?         Liked by
खै मेरो आँखा फुट्या हो कि, साथीहरु अली बढी अमेरिकनाइज्ड भाहो, तर मेरो बिचरामा हाम्रो नेपालाँ एकपटक टिकाटाला लाइसकेपछी बिहे जस्तो कुरोलाई ख्यालख्यालमा फेरी गर्दिन भन्न पाइन्न। केटीको साइडका मान्छेले दुनियाँलाई "ल हाम्री छोरीको लालप्रसाद संग बिहे हुनी भो" भन्दै हिंडे होलान, अब फेरी केटा खोज्न हिंड्न सजिलो नि हुँदैन। केटोले पत्रकारलाई केटीले "ढाँटी" भनेपनी हामीलाई ठ्याक्क के भाको भन्ने कुरो थाहा छैन। अनी "ढाँट्ने" भन्ने कुरो नि सबैले सबैलाई ढाँट्छन। राम्रो कुरो हैन ढाँट्नु, तर नेपालाँ बिहे गर्दा "ढाँट्ने" चलन साधारण नै हो, त्यसैले राम्ररी खोजिनिती गर्नु पर्छ टिकाटालो गर्नु अगाडि भन्छन। म आँफै पनि कुनै केटी मन परेर बिहे गर्छु भन्ने भैसकेपछी फेरी 'लौ, ब्याक लाग्या रैछ ' भन्दैमा नाईँ भन्छु होला जस्तो लाग्दैन। मन नपरी बिहे गरिदैन, मनपरेपछी त्यस्तो सानो कुरो मा दंगाफसाद गरिदैन।

केटीको पक्षले पिटपाट नगरेको भए हुने हो, तर केटाले पनि बिहे जस्तो कुरोलाई त्यस्तो ख्यालख्याल लिन नहुने हो। घरमा छोरी भएको परिवारलाई थाहा हुन्छ, एकपटक बिहे गर्ने भनेर टिकाटालो गरेको छोरी फेरी बिहे गराउन कती गार्‍हो हुन्छ भनेर।
Read Full Discussion Thread for this article