Posted by: ekloprani November 20, 2008
Ram Thapa expired
Login in to Rate this Post:     0       ?        
लोक गायक राम थापा रहेनन्

नेपालीपोष्ट प्रतिनिधि

काठमाडौं, नोभेम्बर २०

चर्चित लोकगायक एवं संगीतकार राम थापा ४९ वर्षको विहीबार विहान करिब दुइ बजे निधन भएको छ ।

कलेजो रोगबाट पीडित थापाको राजधानीको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गीतकार तथा संगीतकार राम थापा रेडियो नेपाल कार्यरत हुनुहुन्थ्यो ।

कति बस्छौ माइतीकै कौसीमा, कटर कटरमा, सेरोफेरो सलाम छ मेरो.., जस्ता दर्जनौं गीत गाउनुभएका र जर्दर्जनौ गीतमा संगीत दिनुभएका थापा नेपालको लोकगायक क्षेत्रका हस्तीका रुपमा चिनिनुहुन्थ्यो । उहाँले ऋतुहरुमा तिमी हरियाली हौ..., तिमी त्यसै लजायौ म त्यसै झकाएँमा जस्ता दर्जनौ गीतहरुमा संगीत दिनुभएका थापा नेपाली ठेट शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायकका रूपमा सुपरिचित थापाले करिब ५०० गीतमा स्वर तथा सङ्गीत दिनुभएको थियो । स्वर्गीय थापाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरियो । उहांकी श्रीमती रजनी थापाले स्वर्गीय थापालाई दागबत्ती दिनुभएको थियो ।
यसअघि आज बिहान पशुपति आर्यघाटमा ठूलो सङ्ख्यामा उपस्थित कलाकारहरूले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
कलाकारहरू मुलुकका अमूल्य निधि भए पनि स्वर्गीय थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न सरकारको कुनै प्रतिनिधि आर्यघाटमा उपस्थित नभएको प्रति आर्यघाटमा उपस्थित कलाकारहरूले दुःख व्यक्त गर्नुभएको थियो ।

काठमाडौं कमलपोखरीमा जन्मी राजधानी बाहिरी जिल्लामा हुर्किएका थापा लोक गायकका हस्ती मानिनुहुन्थ्यो ।

 
Read Full Discussion Thread for this article