सान्नानी,
म त छक्क पर्या छु, सपना हो कि बौलाएको छुट्याउन गार्हो भयो। बरु एउटा झाँक्री ल्याएर झारफुक गर्नु पर्यो जस्तो छ उसलाइ। येसो चिनेको कोहि छैन भन्या।
बिस्टे ज्यु,
के गर्नु? मलाइ त ब्रेक नगरी यही बसेर लेखि रहन मन लाग्छ नि। तर बेला बेलामा जिन्दगी पनि बाँच्नै पर्यो। उहि क्या त जा अनि गीर।
यु नो व्हाट आइ मिन?
चेलि,
आइडिया त राम्रो हो तर लहरे देखि डर लाग्छ। मुख सङै हात पनि खतरा चल्दो रहेछ। भैगो, त्यस्तो रिस्क नलिम।
dharaana ज्यु,
तपाँइको कुरा मनासिब लाग्यो मलाइ।
म पनि त्यही भन्छु क्या बाहीरी रुप रङ हेरेर पनि कसैको मनलाइ चिन्न सकिन्छ त भन्या?
आजकालका केटाकेटीहरु अलि कुरा बुझ्दैनन्।
हुन त यहाँ भन्न हुने हो कि होइन? तैपनि तपाइको कुराले मलाइ एउटा कुरा याद आयो।
एकचोटी म मिस नेपालमा भाग लिन गाको थें (गफै त हो)। त्यहाँ के जाती क्याट वाक भनेर अग्लो हिल लाएर हिड्नु सिकाउदो रहेछ। मेरो खुट्टा दुख्यो र एक्दिन कसलाइ के के सोध्न मन छ भनेर त्यहाँ ट्रेनरले सोध्नु भयो। मैले मौका हेरेर भने।
"अरु सबै त ठिकै छ तर म यत्रो हाइ हीलमा हिंड्न सक्दिन।"
"क्रेजी! तपाइ बसेर होइन, उठेर बोल्नुस्।" एक जना प्रशिक्षकले भन्नु भयो।
"सर! म उठेरै बोलिराको छु" भन्दा सबै मलाइ हेरेर हाँसे। तर मैले हिम्मत हारिन, म बेन्चमाथी उठेर बोलें।
त्यसैले धरान ज्यु पीर नलिनुस्। बाँस अग्लो हुँदैमा ह्यान्ड्सम हुन्छ र ? होइन त ?