Posted by: Rahuldai November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

आज ब्यान ब्यान देखी चौतारीका अनेक पदधारी अवतारी लहरेकान्त लाकौल करुण रसमा दारुन गीत गाउदै गरेको देखिएको र सुनिएको कुरा को सत्य तथ्य बुझ्दा लहरी ले आफ्नो इज्जत माथि नै हिलो छ्याप्ने गरी कथा सर्बब्यापी साझा थोप्लो कम मा अनुमती बेगर टाँस गरेकोले त्यसको सजाय स्वरुप ३ दिन तीन रात बात नगर्ने भनी ठुस्किएकी ले भन्ने थाहा हुन आएको छ।

 

अझ अनुसन्धान माथि पनि इन्भेस्टिगेशन गर्दा, आफ्नो लाप टप बिर्सिएको बेला लहरिको कम्पुटर प्रयोग गरी साझा मा पोस्टिङ् गरेको बेला पासवर्ड र आइडी लाई हतार हतार मा कतार जाने प्लेन छुट्ला भन्दा मेटाउन बिर्सेंको र सो आइडी प्रयोग गरी के लेख्दो रहेछ साझा मा भनी छेक् गर्दा लहरे को चर्तिकला फेला परेको ले सूर्यमिखी जस्ती लहरी ज्वालामुखी भै यस्तो कसम खाएकी रे। अब त्यो दिन सम्म लहरेले यस्तै यस्तै बिरह भाखा को गीत लैला मज्नु को ऋषिकपूर जस्तो " बरबाद् मुहब्बत् कि दुवा साथ लेके जाओ " गाउदै हिंडे मा चौतारीबसी मा आश्चर्य हुने छैन।
 

Read Full Discussion Thread for this article