Posted by: Birkhe_Maila November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

भ्रान्तीपूर दैनिक-

प्रमूख समाचार-

 

बिर्खबहादुर छोराको बाबु बनेको कुरा गलत-

 बिर्खप्रासाद संवाद सचिवालयबाट आज प्रकाशित एक सुचना अनुसार बिर्खबहादूर बोगटी छोराको बाबु नबनेको कुरा थाहा हुन आएको छ।

 

कता गए पुराना गाउँले?

नोबेम्बर १७, चौतारी।चौतारीमा धेरै समयदेखि हराइराखेका पुराना रैथाने गाउँलेहरु मध्ये केहि पुरानै नाममा निकै लामो समयपछि त केहि नयाँ थुतुनोसहित आज देखा परेकोले, अरु पुराना गाउँलेहरु कता गए भनेर सबैमा खुल्दुली छाएको छ। अब आउने दिनहरुमा ती पुराना गाउँलेहरुलाई, या त नयाँ बोतलमा पुरानो रक्सी वा पुरानो बोतलमा नयाँ स्वाद सहितको पुरानै रक्सि को रुपमा देख्न पाइने संभावना बिश्लेशकहरुको रहेको छ।

 

ठुल्दाई भोकै-

नोबेम्बर १७, चौतारी। हजूर! सुन्दाखेरि अचम्म लाग्न सक्छ, तर सत्य कुरा हो ठुल्दाई बिगत केहि दिनदेखि भोकै छन्। हैन हैन, भात खान नपाउनु भएको हैन। अहँ, यो पनि मिलेन असलि म:म खान नपाएर पनि हैन। अनुमान लगाउनुहोस्, हजूर अब भने मिल्यो, तपाइँले अनुमान गर्नुभएजस्तै बिगत केहि दिन देखि, धाराप्रवाह गफ गर्न खप्पिस ठुल्दाईले गफ गर्न नपाउँदा भोकै पर्नुभएको समाचार प्राप्त भएको छ। उनको यस दुखड घडिमा उनलाई साथ दिन चौतारीकै केहि गाउँलेहरुले, श्री लहरेकान्त लाकौलको अध्यक्षतामा, तीन सदस्यिय ठूल्दाईको गफ सुनसान समिती गठन गरि, भोलि बाट दिनको ४ घन्टाको दरले ठुल्दाईको गफ सुन्ने भएका छन्। यो कुरा थाहा पाएर, ठुल्दाई प्रसन्न मुद्रामा चिलिमब्रेकलाई निस्केका थिए।

 

माष्टरनी नानिको पुनर्वहाली-

 

शैक्षिक क्षेत्रमा चलेको हडताल संगै , चौतारी पाठशालाबाट भएको माष्टरनी नानीको अनुपस्थितीसंगै चौतारीमा पठनपाठन बन्द भएदेखि, आज पहिलो पटक पाठशाला खुलेको छ। यसबारेमा उनिसंग हाम्रा संवाददाताले कुरा गर्दा उनले अबदेखि चौतारी पाठशालाको सम्पूर्ण कार्यभार उनले नया जोश तथा जाँगरका साथ सम्हाल्नेछिन्। माष्टरनी नानीलाई हामि भ्रान्तिपूर दैनिकको तर्फबाट शुभकामाना छ।

 

वर्गिकृत बिज्ञापन:

बिक्रिमा- सन १९९६ मा इलाहाबादमा ठुल्दाईले पानी पिउने गरेको भिन्टेज तुम्लेट बिक्रिमा। संपर्क- ठुल्दाई- फिला-दे-फिया, अम्रिका।

 

चाहियो- बिर्खबहादुर बोगटीलाई बुढेसकालले आँखा कमजोर हुँदै गरेकोले, पत्रिका पढेर सुनाउने एउटि चलाख पढेलेखेकी कन्या चाहियो। तलब सुबिधा बिर्खबहादुरको मन अनुसार।

 

काइँयो हरायो-

म ट्याउसि चढेर सेउसिलाई भेट्न टेउसास जाँदा मैले कोर्दै गरेको माछाकाँडे काइँयो हराएकोले मेरो प्रेमजीवनमा नै घात पर्ने सम्भावना भएकोले, उक्त काइँयो फेला पार्नुहुने महानुभावले खबर गर्नुभए पुरस्कार स्वरुप, लप गर्ने तरिका बताउने छु। संपर्क- झिल्के, रोज आइल्यान्ड, बाल्टिक सि, युरोप।

 

चाहियो-

बन्जर जमीनमा रुखिरुवा उमार्नसक्ने बैज्ञानिकहरु चाहियो। काम पुरा गर्न सकेमा तलब सुबिधा मागे जति। संपर्क- पुन्टे, नयाँखर्क, अम्रिका।

 

बाँकि समाचार पछि…..

Read Full Discussion Thread for this article