Posted by: Birkhe_Maila November 17, 2008
~ * चौतारी १३५ *~
Login in to Rate this Post:     0       ?        

बिर्खप्रासाद संवाद सचिवालयको अत्यन्त जरुरी सुचना:

हालै चौतारी नगरमा चलेको चर्चाले बिर्खबहादूर बोगटी छोराको बाबु बनेको हल्लाले हामि अत्यन्तै मर्माहित होइबक्सेका छौँ। हामि वर्तमानपर्यन्त बाबुको छोरा नै रहिबक्सेकोमा छोराको बाबु भइनबक्सिसकेको परिप्रेक्षमा, चौतारी नगरमा चलेको यस अनर्गल, कपोलकल्पित, मिथ्या, पूर्वाग्रही तथा भ्रामक समाचारले हाम्रो ध्यानाकृष्ट गरेको छ। आदरणिय चौतारी जनसमूदायहरु, चौतारीको यस कठिन घडिमा कुनै पनि प्रकारको हल्ला तथा प्रचारबाजिमा नफँस्नुहुन हामि सम्पूर्ण नगरबासिहरुलाई अनुरोध गरिबक्सन्छौँ!  सिरि चौतारीनाथले हामि सबैको कल्यान गरुन, जय लोल चौतारी!

 

 

Read Full Discussion Thread for this article